काठमाण्डौ । आज सेयर बजार दुई महिनापछिकै उच्च कारोबार सहित ५२ अंकले बढेर बन्द भएको छ । आज बजारमा ९ अर्ब २० करोड बढीको कारोबार भएको छ । आजका शीर्ष १० ब्रोकरहरुमा ७ वटाबाट उच्च बिक्री र ३ वटाबाट मात्रै खरिद भएको छ ।
आज नासा सेक्यूरिटिजबाट उच्च कारोबार भएको छ । आज यो ब्रोकरबाट ८४ करोड ७५ लाखको खरिद भएको छ भने ८८ करोड ८५ लाखको बिक्री भएको छ ।
दोस्रो स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट ६९ करोड ६९ लाखको खरिद भएको छ भने २४ करोड ५९ लाखको बिक्री भएको छ ।
तेस्रो स्थानमा रहेको अनलाइन सेक्यूरिटिजबाट २५ करोड ३९ लाखको खरिद भएको छ भने ३२ करोड ३६ लाखको बिक्री भएको छ ।
चौंथो स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट २७ करोड ३० लाखको खरिद भएको छ भने ३० करोड ३५ लाखको बिक्री भएको छ ।
पाँचौ स्थानमा रहेको सनी सेक्यूरिटिजबाट २६ करोड ८७ लाखको खरिद भएको छ भने २५ करोड ५४ लाखको बिक्री भएको छ ।
छैठौं स्थानमा रहेको एबीसी सेक्यूरिटिजबाट १८ करोड २७ लाखको खरिद भएको छ भने २५ करोड ७२ लाखको बिक्री भएको छ ।
सातौं स्थानमा रहेको आर्यतारा सेक्यूरिटिजबाट २१ करोडको खरिद भएको छ भने २२ करोड ७८ लाखको बिक्री भएको छ ।
आठौ स्थानमा रहेको दीपशिखा धितोपत्रबाट २० करोड २५ लाखको खरिद भएको छ भने २२ करोढ ६२ लाखको बिक्री भएको छ ।
नवौं स्थानमा रहेको डाइनामिक सेक्यूरिटिजबाट २१ करोड ७५ लाखको खरिद भएको छ भने २० करोड ६० लाखको बिक्री भएको छ ।
दशौं स्थानमा रहेको क्यापिटल म्याक्सबाट १९ करोड ४५ लाखको खरिद भएको छ २१ करोड ७३ लाखको बिक्री भएको छ ।