काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा ५ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ४ वटाबाट उच्च खरिद भएको छ भने ६ वटाबाट उच्च बिक्री भएको छ ।
उच्च खरिद गर्ने ब्रोकरहरुमा सनि सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज र नेपाल स्टक हाउस रहेका छन् ।
त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, अनलाइन सेक्युरिटिज, भिजन सेक्युरिटिज, आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज, लिन्च स्टक मार्केट र कोहीनुर इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज रहेका छन् ।
आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा नासा सेक्युरिटिज रहेको छ । उक्त ब्रोकरबाट आज मात्रै ६५ करोड ६४ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ४७.७० प्रतिशत सेयर खरिद भएको छ भने ५२.३० प्रतिशत सेयर बिक्री भएको छ ।


