काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा ४ अर्ब ९० करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ६ वटाबाट उच्च खरिद भएको छ भने ४ वटाबाट उच्च बिक्री भएको छ ।
उच्च खरिद गर्ने ब्रोकरहरुमा भृकुटी स्टक ब्रोकिङ कम्पनी, भिजन सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, अनलाइन सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज र आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज रहेका छन् ।
त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, श्रीहरि सेक्युरिटिज, सनि सेक्युरिटिज र दिपशिखा धितोपत्र कारोबार कम्पनी रहेका छन् ।
आज सर्वाधिक सेयर कारोबार गर्ने ब्रोकर कम्पनीमा भने भृकुटी स्टक ब्रोकिङ कम्पनी रहेको छ । उक्त ब्रोकरबाट आज मात्रै ७९ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ५६.३५ प्रतिशत सेयर खरिद र ४३.६५ प्रतिशत सेयर बिक्री भएको छ ।


