काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आजका शीर्ष १० ब्रोकरमध्ये पाँचवटा बाट उच्च खरिद र पाचँवटै बाट बिक्री भएको छ ।
आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ५८ करोड ६४ लाखको खरिद भएको छ भने ३५ करोड ९२ लाखको बिक्री भएको छ ।
दोस्रो स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट २९ करोड ८४ लाखको खरिद भएको छ भने २५ करोड ८२ लाखको बिक्री भएको छ ।
तेस्रो स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट २५ करोडको खरिद हुँदा २९ करोड ६३ लाखको बिक्री भएको छ ।
चौंथो स्थानमा रहेको डाइनामिक मनी म्यानेजरबाट २५ करोड ८० लाखको खरिद हुँदा २२ करोड ८७ लाखको बिक्री भएको छ ।
पाँचौ स्थानमा रहेको सनी सेक्यूरिटिजबाट २० करोडको खरिद हुँदा २६ करोड ७२ लाखको बिक्री भएको छ ।
छैठौं स्थानमा रहेको आर्यतारा सेक्यूरिटिजबाट २० करोड ७५ लाखको खरिद हुँदा २२ करोड ४९ लाखको बिक्री भएको छ ।
सातौं स्थानमा रहेको अनलाइन सेक्यूरिटिजबाट १९ करोड ९५ लाखको खरिद हुँदा १९ करोड ५३ लाखको बिक्री भएको छ ।
आठौं स्थानमालिञ्च सेक्यूरिटिजबाट २३ करोड ६४ लाखको खरिद हुँदा१३ करोड ५१ लाखको बिक्री भएको छ ।
नबौं स्थानमा रहेको श्रीहरी सेक्यूरिटिजबाट १५ करोड २५ लाखको खरिद हुँदा १८ करोड ३३ लाखको बिक्री भएको छ ।
दशौं स्थानमा रहेको श्री कृष्ण सेक्यूरिटिजबाट ८ करोड ६० लाखको खरिद हुँदा २४ करोड २७ लाखको बिक्री भएको छ ।