काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा १० अर्ब रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने शीर्ष १० ब्रोकर कम्पनीमा ६ वटाबाट उच्च खरिद भएको छ भने ४ वटाबाट उच्च बिक्री भएको छ ।
उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, भिजन सेक्युरिटिज, सनि सेक्युरिटिज, दक्षिणकाली इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज, अग्रवाल सेक्युरिटिज र क्यापिटल म्याक्स सेक्युरिटिज रहेका छन् ।
त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा इम्पेरियल सेक्युरिटिज, डायनामिक मनि म्यानेजर्स, अनलाइन सेक्युरिटिज र श्रीहरि सेक्युरिटिज रहेका छन् ।
आज सर्वाधिक कारोबार गर्ने ब्रोकर कम्पनीमा नासा सेक्युरिटिज रहेको छ । उक्त ब्रोकरबाट आज मात्रै १ अर्ब ५४ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ५०.४७ प्रतिशत सेयर खरिद भएको छ भने ४९.५३ प्रतिशत सेयर बिक्री भएको छ ।
