काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा ८ अर्ब रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ५ वटाबाट उच्च खरिद भएको छ भने ५ वटाबाट उच्च खरिद भएको छ ।
उच्च खरिद गर्ने ब्रोकरहरुमा इम्पेरियल सेक्युरिटिज, अनलाइन सेक्युरिटिज, सनि सेक्युरिटिज, श्रीहरि सेक्युरिटिज र भिजन सेक्युरिटिज रहेका छन् ।
त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज, आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज र दिपशिखा धितोपत्र कारोबार कम्पनी रहेका छन् ।
आज सर्वाधिक कारोबार गर्ने ब्रोकर कम्पनीमा नासा सेक्युरिटिज रहेको छ । उक्त ब्रोकरबाट आज मात्रै एक अर्ब १३ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ४३.३३ प्रतिशत सेयर खरिद भएको छ भने ५६.६७ प्रतिशत सेयर बिक्री भएको छ ।


