काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा ११ अर्ब ४४ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ४ वटाबाट उच्च खरिद भएको छ भने ६ वटाबाट उच्च बिक्री भएको छ ।
आज उच्च खरिद गर्ने ब्रोकरहरुमा सनि सेक्युरिटिज, भिजन सेक्यु्रिटिज, त्रिशक्ति सेक्यु्रिटिज र आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज रहेका छन् ।
त्यस्तै उच्च बिक्र गर्ने ब्रोकरहरुमा इम्पेरियल सेक्युरिटिज, नासा सेक्यु्रिटिज, श्रीहरि सेक्युरिटिज, अनलाइन सेक्युरिटिज, एबीसी सेक्युरिटिज र डायनामिक मनि म्यानेजर्स रहेका छन् ।
आज सर्वाधिक सेयर कारोबार गर्ने ब्रोकरमा इम्पेरियल रहेको छ । उक्त ब्रोकरबाट आज १ अर्ब ३२ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ४८.७८ प्रतिशत सेयर खरिद भएको छ भने ५१.२२ प्रतिशत सेयर बिक्री भएको छ ।
