काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा ६ अर्ब ६६ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ५ वटाबाट उच्च खरिद भएको छ भने ५ वटाबाट उच्च बिक्री भएको छ ।
उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, भिजन सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज पब्लिक लिमिटेड, अनलाइन सेक्युरिटिज र क्यापिटल म्याक्स सेक्युरिटिज रहेका छन् ।
त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा डायनामिक मनि म्यानेजर्स, इम्पेरियल सेक्युरिटिज, सनि सेक्युरिटिज, एबीसी सेक्युरिटिज र आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज रहेका छन् ।
आज सर्वाधिक कारोबार गर्ने ब्रोकर कम्पनीमा नासा सेक्युरिटिज रहेको छ । उक्त ब्रोकरबाट आज मात्रै १ अर्ब १४ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ५१.७३ प्रतिशत सेयर खरिद र ४८.२७ प्रतिशत सेयर बिक्री भएको छ ।


