काठमाण्डौ । दोस्रो बजारमा साताको अन्तिम कारोबारमा १९ अर्ब माथिको सेयर कारोबार भएको छ । आज शीर्ष १० ब्रोकरहरुमा ५ वटाबाट उच्च खरिद भएको छ भने ५ वटैबाट उच्च बिक्री भएको छ । आज नासा सेक्युरिटीजबाट उच्च कारोबार भएको छ । केही समयदेखि उच्च खरिद गरिरहेको नासा सेक्युरिटिजबाट आज उच्च बिक्री भएको छ । नासाबाट आज १ अर्ब २२ करोडको खरिद र १ अर्ब ४७ करोडको बिक्री भएको छ ।
दोस्रो स्थानमा रहेको इम्पेरियल सेक्युरिटिजबाट करिव ९५ करोडको खरिद र ७५ करोडको बिक्री भएको छ ।
तेस्रो स्थानमा रहेको भिजन सेक्युरिटिजबाट ७२ करोडको खरिद र ७३ करोडको बिक्री भएको छ ।
चौथो स्थानमा रहेको अनलाइन सेक्युरिटिजबाट साढे ६७ करोडको खरिद र ६७ करोडको बिक्री भएको छ ।
पाँचौ स्थानमा रहेको सनी सेक्युरिटिजबाट ६५ करोडको खरिद र ६७ करोडको बिक्री भएको छ ।
छैठौं स्थानमा रहेको आर्यतार सेक्युरिटिजबाट ५९ करोडको खरिद र साढे ६६ करोडको बिक्री भएको छ ।
सातौं स्थानमा रहेको एबीसी सेक्युरिटिजबाट ५३ करोडको खरिद र ५७ करोडको बिक्री भएको छ ।
आठौं स्थानमा रहेको डाईनामिक सेक्युरिटिजबाट ५६ करोड र ५३ करोड बिक्री भएको छ ।
नवौं स्थानमा रहेको दीपशिखाबाट ५७ करोवडको खरिद र ४९ करोड बिक्री भएको छ ।
दशौं स्थानमा रहेको सिप्रदी सेक्यूरिटिजबाट ५२ करोडको खरिद र २९ करोडको बिक्री भएको छ ।