काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा नासा सेक्युरिटिजसहित ६ वटा ब्रोकरबाट उच्च खरिद भएको छ भने ४ वटा उच्च बिक्री भएको छ । आज इम्पेरियल सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ९६.४५ करोडको खरिद र ९५.६५ करोडको बिक्री भएको छ ।
दोस्रो स्थानमा रहेको नासा सेक्युरिटिजबाट ७०.८४ करोड खरिद र ६६.६६ करोडको बिक्री भएको छ ।
तेस्रो स्थानमा रहेको अनलाइन सेक्यूरिटिजबाट ४९ करोडको खरिद र ५१ करोडको बिक्री भएको छ ।
चौंथो स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट ४८ करोडको खरिद र ५१.५१ करोडको बिक्री भएको छ ।
पाँचौं स्थानमा रहेको आर्यतार सेक्यूरिटिजबाट ५० करोडको खरिद र ४८ करोड ५६ लाखको बिक्री भएको छ ।
छैटौं स्थानमा रहेको सनी सेक्यूरिटिजबाट ४५करोड ८१ लाखको खरिद र ४५ लाखको बिक्री भएको छ ।
सातौं स्थानमा रहेको दीपशिखा धितोपत्रको करिब ३७ करोडको खरिद र ४० करोडको बिक्री भएको छ ।
आठौं स्थानमा रहेको लिञ्च स्टक मार्केट्बाट ३२ करोडको खरिद र ३८.४७ करोडको बिक्री भएको छ ।
नवों स्थानमा रहेको डाइनामिक मनी म्यानेजरबाट ३४ करोडको खरिद र करिब गर्दा ३१ करोडको बिक्री भएको छ ।
दशौं स्थानमा रहेको एबीसी सेक्यूरिटिजबाट करिब ३५ करोडको खरिद र ३१ करोडको बिक्री भएको छ ।