बुधबार, चैत्र २०,२०८१ 12:58:07
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 12:58:07
IME remit
Global IME Bank Limited

शीर्ष १० ब्रोकरमध्ये ७ वटाबाट बिक्री दबाब आउदा बढ्न सकेन बजार,आज कुनबाट कति कारोबार ?

Hyundai Nepal
शीर्ष १० ब्रोकरमध्ये ७ वटाबाट बिक्री दबाब आउदा बढ्न सकेन बजार,आज कुनबाट कति कारोबार ?
Nabil Bank Limited

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जमा आजका शीर्ष १० ब्रोकरहरुमा ७ वटा ठूला ब्रोकरहरुबाट उच्च बिक्री आँउदा आज पनि बजारले गति लिन सकेन । दिनभर सामान्य अंकले उतारचढाव गरेको बजार अन्त्यमा झिनो अंकले बढेर मात्रै बन्द भयो ।  

आज पनि बजार बढ्न नसक्नुमा मूख्यगरि तीनवटा कारण रहेको नेपाल स्टक हाउस पोखरा शाखाका एक सञ्चालकले दाबी गरे । उनका अनुसार नेप्सेमा आईपीओ, हकप्रद र बोनस सेयर आँउदै गर्दा सप्लाइ बढ्नु, यो बर्ष कम्पनीहरुले बाडेको प्रतिफल खासै राम्रो नहुनु जस्ता कारणले कर्जाको ब्याज घटेता पनि बजारले गति लिन नसकेको उनले दाबी गरे ।  

आज नासा सेक्युरिटिजबाट सर्वाधिक सेयर कारोबार भयो । यो ब्रोकरबाट आज ३१ करोड २१ लाखको खरिद हुँदा ३५ करोड ५८ लाखको बिक्री भएको छ ।  

दोस्रो स्थानमा रहेको सेयर प्रो सेक्यूरिटिजले ३९ करोड ९१ लाखको खरिद गर्दा २५ करोड २९ लाखको बिक्री गरेको छ ।  

Shivam Cement
Bizshala
CG Motors

तेस्रो स्थानमा रहेको क्यापिटल म्याक्स सेक्यूरिटिजले २३ करोड ३० लाखको खरिद गर्दा २४ करोड ८१ लाखको बिक्री गरेको छ ।  

चौंथो स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजले २१ करोड १९ लाखको खरिद गर्दा २२ करोड ५७ लाखको बिक्री गरेको छ ।  

पाँचौ स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट २१ करोड १९ लाखको खरिद हुँदा२२ करोड ५७लाखको बिक्री भएको छ ।  

छैठौं स्थानमा रहेको अनलाइन सेक्यूरिटिजबाट १३ करोड ४३ लाखको खरिद हुँदा२० करोमड ८० लाखको बिक्री भएको छ ।

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सातौ स्थानमा रहेको सनी सेक्यूरिटिजबाट १५ करोड ३९ लाखको खरिद हुँदा१८ करोड ५२ लाखको बिक्री भएको छ ।  

आठौ स्थानमा रहेको आर्यतारा सेक्यूरिटिजबाट १३ करोड ४९ लाखको खरिद भएको छ भने १५ करोड ९१ लाखको बिक्री भएको छ ।  

नबौं स्थानमा रहेको श्रीहरी सेक्यूरिटिजबाट १३ करोड ७७लाखको खरिद भएको छ भने १२ करोड ९७लाखको बिक्री भएको छ ।

दशौं स्थानमा रहेको दीपशिखा सेक्यूरिटिजबाट १३ करोडको खरिद भएको छ भने १३ करोड २८ लाखको बिक्री भएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.