काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा साढे ३ अर्ब रुपैयाँको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार हुने टप १० ब्रोकर कम्पनीमा ४ वटाबाट उच्च खरिद भएको छ भने ६ वटाबाट उच्च बिक्री भएको छ ।
उच्च खरिद गर्ने ब्रोकरहरुमा सनि सेक्युरिटिज, क्रिशक्ति सेक्युरिटिज, आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज र डायनामिक मनि म्यानेजर्स रहेका छन् । त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, भिजन सेक्युरिटिज, एबीसी सेक्युरिटिज, अनलाइन सेक्युरिटिज र प्रिमियर सेक्युरिटिज रहेका छन् ।
आज सर्वाधिक कारोबार गर्ने ब्रोकर कम्पनीमा नासा सेक्युरिटिज रहेको छ । उक्त ब्रोकरबाट आज ३६ करोड ३७ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ४५.३१ प्रतिशत सेयर खरिद भएको छ भने ५४.६९ प्रतिशत सेयर बिक्री भएको छ ।


