काठमाण्डौ । साताको चौथो कारोबार दिन आज शीर्ष १० ब्रोकरहरुमा ६ वटाबाट उच्च बिक्री भएको छ भने ४ वटाबाट मात्रै खरिद भएको छ ।
आज नासा सेक्यूरिटिजबाट उच्च कारोबार भएको छ । यो ब्रोकरबाट आज ४३ करोड ३७ लाखको खरिद र ४६ करोड ७० लाखको बिक्री भएको छ ।
दोस्रो स्थानमा रहेको भिजन सेक्युरिटिजबाट २२ करोड ४२ लाख खरिद र २९ करोड २९ लाखको बिक्री भएको छ ।
तेस्रो स्थानमा रहेको इम्पेरियल सेक्युरिटिजबाट २४ करोड २६ लाखको खरिद र २५ करोड २८ लाखको बिक्री भएको छ ।
चौथो स्थानमा रहेको सनी सेक्युरिटिजबाट २३ करोड ६२ लाखको खरिद भएको छ भने २३ करोड ३२ लाखको बिक्री भएको छ ।
पाँचौ स्थानमा रहेको सूमेरु सेक्युरिटिजबाट २४ करोड ५६ लाखको खरिद भएको छ भने २१ करोड ६५ लाखको बिक्री भएको छ ।
छठौं स्थानमा रहेको अनलाइन सेक्युरिटिजबाट २१ करोड ३२ लाखको खरिद हुँदा २० करोड ५४ लाखको बिक्री भएको छ ।
सातौं स्थानमा रहेको आर्यतारा सेक्युरिटिजबाट १८ करोड ४२ लाखको खरिद हुँदा २२ करोड ५३ लाखको बिक्री भएको छ ।
आठौं स्थानारमा रहेको दीपशीखा धितोपत्रबाट १७ करोड ५६ लाखको खरिद हुँदा २० करोड २७ लाखको बिक्री भएको छ ।
नवौं स्थानमा रहेको भृकुटि स्टक डिलरबाट २४ करोड २७ लाख खरिद हुँदा ८ करोड ७२ लाखको बिक्री भएको छ ।
दशौं स्थानमा रहेको डाइनामिक मनी म्यानेजरबाट १५ करोड ४६ लाखको खरिद भएको छ भने १७ करोड ४७ लाखको बिक्री भएको छ ।