काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा त्रिशक्ति सेक्युरिटिजसहित ६ वटा ब्रोकरबाट उच्च खरिद भएको छ भने ४ वटाबाट बिक्री भएको छ ।
आज नासा सेक्युरिटिज ब्रोकर नम्बर ५८ बाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट एक अर्ब २२ करोड ३३ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ३८.८९ प्रतिशत खरिद भएको भने ६१.११ प्रतिशत सेयर बिक्री भएको छ ।
आज सर्वाधिक बिक्री भएका चार ब्रोकरहरुमा नासा सेक्युरिटिज, भृकुटी स्टक ब्रोकिङ कम्पनी, आशुतोस ब्रोकरेज एण्ड सेक्युरिटिज र श्री कृष्ण सेक्युरिटिज रहेका छन् ।
उच्च खरिद भएका ब्रोकरहरुमा भने इम्पेरियल सेक्युरिटिज, सानि सेक्युरिटिज, श्री हरि सेक्युरिटिज, भिजन सेक्युरिटिज, त्रिशक्ति सेक्युुरिटिज र नीभ सेक्युरिटिज रहेका छन् ।
