काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमध्ये ५ वटा ब्रोकरबाट उच्च मात्रामा बिक्री भएको छ भने ५ वटाबाट उच्च खरिद भएको छ । नासा सेक्युरिटिजबाट आज पनि उच्च बिक्री भएको छ ।
यस ब्रोकरबाट आज १ अर्ब २१ करोडको खरिद करिब १ अर्ब ४३ करोडको बिक्री भएको छ ।
दोस्रो स्थानमा रहेको इम्पेरियल सेक्युरिटिजबाट करिब १ अर्व २२ करोडको खरिद र ८० करोडको बिक्री भएको छ ।
तेस्रो स्थानमा भिजन सेक्यूरिटिजबाट ७४ करोडको खरिद र ९० करोडको बिक्री भएको छ ।
चौथो स्थानमा रहेको अनलाइन सेक्युरिटिजबाट ८३ करोडको खरिद र ७५ करोडको बिक्री भएको छ ।
पाँचौ स्थानमा रहेको सनी सेक्युरिटिजबाट ७७ करोडको खरिद र ७३ करोडको बिक्री भएको छ ।
छैठौं स्थानमा रहेको एबीसी सेक्युरिटिजबाट ६४ करोडको खरिद र ७७ करोडको बिक्री भएको छ ।
सातौ स्थानमा रहेको आर्यतारा सेक्युरिटिजबाट ७३ करोडको खरिद र ६६ करोडको बिक्री भएको छ ।
आठौ स्थानमा रहेको डाइनामिक मनी म्यानेजरबाट ६१ करोडको खरिद र ६५ करोडको बिक्री भएको छ ।
नवौं स्थानमा रहेको दीपशिखा धितोपत्रबाट ६३ करोडको खरिद गर्दा ६२ करोड ९० लाखको बिक्री भएको छ ।
दशौं स्थानमा रहेको प्रिमियर सेक्युरिटिजबाट ४२ करोडको खरिद र ५२ करोडको बिक्री भएको छ ।