काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा ४ अर्बमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ४ वटाबाट मात्रै उच्च खरिद भएको छ भने ६ वटाबाट उच्च बिक्री भएको छ ।
उच्च खरिद गर्ने ब्रोकरहरुमा सन सेक्युरिटिज, सनि सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज र अनलाइन सेक्युरिटिज रहेका छन् । त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा दिपशिखा धितोपत्र कारोबार कम्पनी, नासा सेक्युरिटिज, भिजन सेक्युरिटिज, आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज र नेपाल स्टक हाउस रहेका छन् ।
आज सर्वाधिक कारोबार गर्ने ब्रोकर कम्पनीमा दिपशिखा धितोपत्र कारोबार कम्पनी रहेको छ । उक्त ब्रोकरबाट आज मात्रै ४३ करोड ३० लाख रुपैयाँमाथिको सेयर कारोबार भएकोछ । जसमा २१.१६ प्रतिशत सेयर खरिद भएको छ भने ७८.८४ प्रतिशत सेयर बिक्री भएको छ ।


