शुक्रबार, श्रावण २२,२०८३ 08:50:00
Bizshala
  • शुक्रबार, श्रावण २२,२०८३ 08:50:00
Bizshala
Global IME Bank Limited

यी हुन आज सर्वाधिक कारोबार गर्ने शीर्ष १० ब्रोकर ,कसको खरिदबिक्री कति ?

यी हुन आज सर्वाधिक कारोबार गर्ने शीर्ष १० ब्रोकर ,कसको खरिदबिक्री कति ?
New Office

काठमाण्डौं । आज साताको अन्तिम कारोबारमा बजार घट्दा पनि शीर्ष १० वटा कम्पनीहरुमा ७ वटा ब्रोकरले खरिद बढाएका छन् । पहिलो नम्बरमा नासा सेक्युरिटिज स्टक ब्रोकर नम्बर ५८ को खरिदको तुलनामा बिक्री बढेको छ । यो ब्रोकरले आज १४ करोड ६४ लाखबराबरको सेयर खरिद गरेको छ भने १७  करोड ७३ लाखबराबरको बिक्री गरेको छ ।  

त्यसैगरि आज  सर्वाधिक  खरिद गर्नेमा इम्पिेरियल सेक्युरिटिज(स्टक ब्रोकर नम्बर ४५) दोस्रो स्थानमा छ । यो ब्रोकरले १६  करोड ५८ लाख बराबरको खरिद गर्दा १५ करोड ६२ लाखबराबरको बिक्री गरेको छ ।  

त्यसै गरि भिजन सेक्युरिटिज(स्टक ब्रोकर नम्बर ३४)ले पनि बिक्री भन्दा खरिद बढी गरेको छ । यो ब्रोकरको १४ करोड २४ लाखबराबरको खरिद र १० करोड ७७ लाखबराबरको बिक्री गरेको छ ।  

चौथोमा सनी सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ४२) को खरिद तर्फ ११ करोड रुपैयाँ रहेको छ भने बिक्री तर्फ ९ करोड ६९ लाख रुपैयाँ रहेको छ । पाँचौमा रहेको अनलाईन सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ४९ )को खरिद भन्दा बिक्री बढी रहेको छ । यो ब्रोकरको खरिदतर्फ ९ करोड २२ लाख रुपैयाँ रहेको छ भने बिक्रीतर्फ ९ करोड ६१ लाख रुपैयाँ रहेको छ ।

छैठौंमा क्यापिटल म्याक्स सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ६२) को खरिद बढी रहेको छ । यसको खरिद तर्फ ९ करोड ७५ लाख रुपैयाँ रहेको छ भने विक्री तर्फ ९ करोड रुपैयाँ  रहेकोछ । सातौंमा लिञ्च सेक्युरिटिज स्टक मार्केट(स्टक  ब्रोकर नम्बर ४१) को खरिद बढी रहेको छ । यो ब्रोकरको खरिद तर्फ १२ करोड ११ लाख  रुपैयाँ रहेको छ भने विक्री तर्फ ५ करोड ७७ लाख रुपैयाँ रहेको छ ।  

आठौमा आर्यतार इन्भेष्टमेन्ट सेक्युरिटिज(स्टक ब्रोकर ५७)को पनि खरिद बढी रहेको छ । यो ब्रोकरको खरिद तर्फ ८ करोड ३९ लाख रुपैयाँ रहेको छ भने बिक्री तर्फ ७ करोड ४९ लाख रुपैयाँ रहेको छ । नवौंमा रहेको दीप शिखा धितोपत्र कारोबर कम्पनीको पनि खरिद बढी रहेको छ । यो ब्रोकरबाट ७ करोड ९१ लाख खरिद रहेको छ भने बिक्री तर्फ ७  करोड ८७ लाख रुपैयाँ रहेको छ ।  

१० औं नम्बरमा डाइनामिक मनी म्यानेजर स्टक ब्रोकर नम्बर ४४ को भने बिक्री बढी रहेको छ । यो ब्रोकरको खरिद तर्फ ७ करोड १५ लाख रुपैयाँ रहेको छ भने बिक्री तर्फ ७ करोड ४६ लाख रुपैयाँ रहेको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.