काठमाण्डौ । आज साताको तेस्रो कारोबार दिन दोस्रो बजारमा २ अर्ब १४ करोड कारोबार भएको छ । आज उच्च कारोबार गर्ने १० ब्रोकरमा ७ वटाको खरिद बढी भएको छ भने ३ वटाको बिक्री बढी भएको छ ।
उच्च खरिद गर्ने ब्रोकरहरुमा इम्पेरियल सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ४५) नासा सेक्युरिटिज(स्टक ब्रोकर नम्बर ५८), दीप शिखा धितोपत्र कारोबार(स्टक ब्रोकर नम्बर ३८), म्याक्स सेक्युरिटिज(स्टक ब्रोकर नम्बर ६२) , सनी सेक्युरिटिज(स्टक ब्रोकर नम्बर ४२) , डाइनामिक मनी म्यानेजर (सेक्युरिटिज स्टक ब्रोकर नम्बर ४४) , लिञ्च सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ४१) रहेका छन् ।
त्यसैगरि, उच्च बिक्री गर्ने ३ ब्रोकरमा भिजन सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ३४) , अनलाईन सेक्युरिटिज(स्टक ब्रोकर ४९),आर्यतार सेक्युरिटिज(स्टक ब्रोकर नम्बर ५७) बिक्री बढी रहेको छ ।