काठमाण्डौ । । साताको अन्तिम कारोबारको दिन सेयर बजारमा हरियाली छाएको छ । आज शीर्ष १० ब्रोकरहरुमा ८ वटाबाट उच्च खरिद भएको छ भने २ वटाबाट मात्रै उच्च बिक्री भएको छ ।
आज पनि नासा सेक्युरिटिजबाट उच्च कारोबार भएको छ । यो ब्रोकरबाट आज ५४ करोड ९७ लाखको खरिद हुँदा ४३ करोड ४५ लाखको बिक्री भएको छ ।
दोस्रो स्थानमा रहेको भिजन सेक्युरिटिजबाट ३८ करोड ४९ लाखको खरिद हुँदा ३४ करोड ३२ लाखको बिक्री भएको छ ।
तेस्रो स्थानमा रहेको इम्पेरियल सेक्युरिटिजबाट ३५ करोड १५ लाखको खरिद हुँदा ३२ करोड ४६ लाखको बिक्री भएको छ ।
चौंथो स्थानमा रहेको आर्यतारा सेक्युरिटिजबाट २५ करोड ६२ लाखको खरिद हुँदा २६ करोड १३ लाखको बिक्री भएको छ ।
पाँचौ स्थानमा रहेको सूमेरु सेक्युरिटिजबाट २८ करोड ७२ लाखको खरिद हुँदा २३ करोडको बिक्री भएको छ ।
छैठौं स्थानमा रहेको सनी सेक्युरिटिजबाट २६ करोडको खरिद हुँदा २५ करोड ५० लाखको बिक्री भएको छ ।
सातौ स्थानमा रहेको अनलाईन सेक्युरिटिजबाट २७ करोड २२ लाखको खरिद हुँदा २३ करोड ७२ लाखको बिक्री भएको छ ।
आठौ स्थानमा रहेको डाइनामिक मनी म्यानेजरबाट २४ करोड ४३ लाखको खरिद भएको छ भने २४ करोडको बिक्री भएको छ ।
नवौं स्थानमा दीपशिखा धितोपत्रबाट २३ करोड २६ लाखको खरिद हुँदा २० करोडको बिक्री भएको छ ।
दशौं स्थानमा रहेको अग्रवाल सेक्युरिटिजबाट १५ करोडको खरिद हुँदा २२ करोड ६६ लाखको बिक्री भएको छ ।