काठमाण्डौ । साताको अन्तिम कारोबारको दिन आज ६ वटा ब्रोकरबाट उच्च बिक्री भएको छ भने ४ वटाबाट मात्रै खरिद भएको छ ।
आज भृकुटि स्टक डिलरबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ३३ करोडको खरिद र २९ करोड ५५ लाखको बिक्री भएको छ ।
दोस्रो स्थानामा रहेको नासा सेक्यूरिटिजबाट २६ करोड ५३ लाखको खरिद भएको छ भने ३१ करोड ७५ लाखको बिक्री भएको छ ।
तेस्रो स्थानमा रहेको सेयर प्रो सेक्यूरिटिजबाट २८ करोड २० लाखको खरिद भएको छ भने १७ करोड ६५ लाखको बिक्री भएको छ ।
चौंथो स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट १६ करोड ३२ लाखको खरिद भएको छ भने २३ करोड ६३ लाखको बिक्री भएको छ ।
पाँचौ स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट १५ करोड १७ लाखको खरिद भएको छ भने २४ करोड ५८ लाखको बिक्री भएको छ ।
छठौं स्थानमा रहेको अनलाईन सेक्यूरिटिजबाट २० करोडको खरिद भएको छ भने १९ करोड ५८ लाखको बिक्री भएको छ ।
सातौं स्थानमा रहेको आर्यतारा सेक्यूरिटिजबाट १९ करोड ७३ लाखको खरिद भएको छ भने १९ करोड २६ लाखको बिक्री भएको छ ।
आठौ स्थानमा रहेको सनी सेक्यूरिटिजबाट १४ करोड ५६ लाखको खरिद भएको छ १५ करोड ३२ लाखको बिक्री भएको छ ।
नवौं स्थानमा रहेको डाइनामिक मनी म्यानेजरबाट ९ करोड ७८ लाखको खरिद भएको छ भने १४ करोड ३८ लाखको बिक्री भएको छ ।
दशौं स्थानमा रहेको एबीसी सेक्यूरिटिज ११ करोड २४ लाखको खरिद भएको छ भने ११ करोड ४८ लाखको बिक्री भएको छ ।