काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा ९ अर्ब ८२ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकरहरुमा ५ वटाबाट उच्च खरिद माग भएको छ भने ५ वटाबाट उच्च बिक्री भएको छ ।
आज उच्च खरिद माग भएका ब्रोकहरुमा नासा सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, अनलाइन सेक्युरिटिज, भृकुटी स्टक ब्रोकिङ कम्पनी र श्रीकृष्ण सेक्युरिटिज रहेका छन् ।
त्यस्तै, आज उच्च बिक्री गर्ने ब्रोकरहरुमा भने सनि सेक्युरिटिज, भिजन सेक्युरिटिज, दिपशिखा धितोपत्र कारोबार कम्पनी, त्रिशक्ति सेक्युरिटिज र आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज रहेका छन् ।
आज सर्वाधिक कारोबार गर्ने ब्रोकरमा नासा सेक्युरिटिज रहेको छ । उक्त ब्रोकरबाट मात्रै एक अर्ब ३६ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ५६.०४ प्रतिशत सेयर खरिद माग भएको छ भने ४३.९६ प्रतिशत सेयर बिक्री भएको छ ।
त्यस्तै, इम्पेरियल सेक्युरिटिजबाट पनि आज १ अर्ब २४ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ५१.८७ प्रतिशत सेयर खरिद भएको छ भने ४८.१३ प्रतिशत सेयर बिक्री भएको छ ।
