काठमाण्डौ । साताको चौंथो कारोबार दिन पनि शीर्ष १० ब्रोकरहरुमध्ये ६ वटाबाट उच्च बिक्री नै भएको छ । आज पनि नासा र भिजन सेक्यूरिटिजबाट क्रमशः बिक्री दबाब परेको छ । एक ब्रोकरले दिएको जानकारी अनुसार पुस मसान्तको दबाबकै कारण पुराना ग्राहकले सेयर बेचेको र नयाँ पैसा बजारमा नआउँदा बिक्री दबाब आएको हो ।
पहिलो स्थानमा रहेको नासा सेक्यूरिटिजबाट ४६ करोड २७ लाखको खरिद भएको छ भने ५० करोडको बिक्री भएको छ ।
दोस्रो स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट २३ करोड १० लाखको खरिद भएको छ भने २५ करोड ३२ लाखको बिक्री भएको छ ।
तेस्रो स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट २५ करोड ३२ लाखको खरिद भएको छ भने १९ करोड १६ लाखको बिक्री भएको छ ।
चौंथो स्थानमा रहेको सेयर प्रो सेक्यूरिटिजबाट ११ करोड ५० लाखको खरिद भएको छ भने ३१ करोड ८६ लाखको बिक्री भएको छ ।
पाँचौ स्थानमा रहेको सनी सेक्यूरिटिजबाट २२ करोड ४८ लाखको खरिद भएको छ भने १६ करोड ५७ लाखको बिक्री भएको छ ।
छैठौं स्थानमा रहेको अनलाइन सेक्यूरिटिजबाट १६ करोड ४९ लाखको खरिद भएको छ भने २१ करोड ७० लाखको बिक्री भएको छ ।
सातौं स्थानमा रहेको आर्यतारा सेक्यूरिटिजबाट १८ करोड ४२ लाखको खरिद भएको छ ने १७ करोड ७५ लाखको बिक्री भएको छ ।
आठौं स्थानमा रहेको डाइनामिकबाट १६ करोड ९० लाखको खरिद भएको छ भने १७ करोड ५० लाखको बिक्री भएको छ ।
नवौं स्थानमा रहेको त्रिशक्तिबाट १६ करोडको खरिद भएको छ भने १५ करोड १७ लाखको बिक्री भएको छ ।
दशौं स्थानमा रहेको श्रीकृष्ण सेक्यूरिटिजबाट १३ करोड १७ लाखको खरिद भएको छ भने १४ करोड ६६ लाखको बिक्री भएको छ ।