काठमाण्डौं । आजको शीर्ष १० ब्रोकरमा ५ वटाबाट उच्च खरिद भएको छ भने ५ वटा ब्रोकरहरुबाट उच्च बिक्री भएको छ ।
आज नासा सेक्युरिटिजबाट बाट सर्वाधिक सेयर कारोबार भएको छ । नासा सेक्युरिटिजबाट आज ३७ करोडबराबरको खरिद र ३६ करोड ५२ लाख रुपैयाँको बिक्री भएको छ ।
दोस्रो स्थानामा रहेको भिजन सेक्यूरिटिजबाट ३५ करोड ४९ लाखको खरिद र २८ करोड ७१ लाखको बिक्री भएको छ ।
तेस्रो स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट २५ करोड ३२ लाखको खरिद र २२ करोड ६८ लाखको बिक्री भएको छ ।
चौंथो स्थानमा रहेको सनी सेक्यूरिटिजले करिव २१ करोडको खरिद र करिब २५ करोडको बिक्री भएको छ ।
पाँचौ स्थानमा रहेको आर्यतारले २२ करोड ६४ लाखको खरिद र २३ करोडको बिक्री भएको छ ।
छठौं स्थानमा रहेको अनलाईन सेक्यूरिटिजले २३ करोडको खरिद र २१ करोड ८० लाखको बिक्री भएको छ ।
सातौं स्थानमा रहेको डाइनामिक मनी म्यानेजरबाट १८ करोड ६० लाखको खरिद र २२ करोड ३६ लाखको बिक्री भएको छ ।
आठौ स्थानमा रहेको सूमेरु सेक्यूरिटिजबाट १८ करोड ६४ लाखको खरिद र २१ करोड ६४ लाखको बिक्री भएको छ ।
नवौं स्थानमा रहेको अग्रावल सेक्यूरिटिजबाट २४ करोड २९ लाखलको खरिद र १५ करोड १६ लाखको बिक्री भएको छ ।
दशौं स्थानमा रहेको दीपशिखा धितोपत्रबाट १५ करोड ३८ लाखको खरिद र करिब २४ करोडको बिक्री भएको छ ।