शुक्रबार, श्रावण २२,२०८३ 08:50:42
Bizshala
  • शुक्रबार, श्रावण २२,२०८३ 08:50:42
Bizshala
Global IME Bank Limited

शीर्ष १० ब्रोकरमध्ये ८ वटाबाट खरिद र २ वटाबाट बिक्री, कसले उठायो शिवमको सेयर ?

शीर्ष १० ब्रोकरमध्ये ८ वटाबाट खरिद र २ वटाबाट बिक्री, कसले उठायो शिवमको सेयर ?
New Office

काठमाण्डौ । आज पनि दोस्रो बजारमा २० अर्ब माथिको कारोबार भयो । यो भनेको पछिल्लो समयको औषत कारोबार भन्दा बढी नै हो । कारोबार तथा भोल्युमको आधारमा बजार बलियो नै रहेको छ ।  

आजका शीर्ष १० ब्रोकरमा ८ वटा ब्रोकरबाट उच्च खरिद भएको छ भने २ वटाबाट मात्रै उच्च बिक्री भएको छ । उच्च खरिद गर्नेमा आज पनि नासा सेक्यूरिटिजले पहिलो स्थानमा रहेको छ । यस ब्रोकरबाट आज एक अर्ब ३० करोडको खरिद भएको छ भने ९८ करोडबराबरको बिक्री भएको छ । दोस्रो स्थानमा रहेको इम्पेरियल सेक्युरिटिजबाट १ अर्ब ७ करोडको खरिद र करिव ८३ करोडको बिक्री भएको छ ।

तेस्रो स्थानमा रहेको अनलाईन सेक्यूरिटिजबाट ७७ करोडको खरिद र ७५ करोडको बिक्री भएको छ । चौथो स्थानमा रहेको भिजन सेक्युरिटिजबाट करिब ७७ करोडबराबरको खरिद र ७३ करोडको मात्रै बिक्री भएको छ । पाँचौमा रहेको सनी सेक्युरिटिजबाट ६७ करोडको खरिद र ६५ करोडको बिक्री भएको छ । छैठौमा रहेको आर्यतारा सेक्युरिटिजबाट ६५ करोडको खरिद र ५३  करोडको बिक्री भएको छ ।  

सातौंमा रहेको दीपशिखाबाट ५८ करोडको खरिद र ५४ करोडको बिक्री, आठौंमा रहेको डायनामिक मनी म्यानेजरबाट करिब ५७ करोडको खरिद र करिव ५५ करोडको बिक्री भएको छ । नवौं स्थानमा रहेको अग्रवाल सेक्यूरिटिजबाट ३१ करोड ५७ लाखको खरिद र ५९ करोडको बिक्री भएको छ । त्यसैगरि, एबीसी सेक्युरिटिजबाट २६ करोड ६५ करोडको खरिद र ६१ करोडको बिक्री भएको छ ।  

आजको शिवम् सिमेन्ट कम्पनीको मात्रै एक अर्ब २१ करोडबराबरको सेयर कारोबार भएको छ । जसमा नासा सेक्यूरिटिजबाट मात्रै कूल कारोबारको १४ प्रतिशत अर्थात १७ करोड १८ लाख ३४ हजार रुपैयाँबराबरको सेयर खरिद भएको छ । नासा सेक्युरिटिजबाट आज २ लाख  ५८  हजार ८२४  कित्ता सेयर खरिद भएको छ । त्यसैगरि, इम्पेरियल सेक्यूरिटिजबाट कुल कारोबारको करिब ७ प्रतिशत अर्थात ८ करोड १३ लाख ४९ हजार रुपैयाँबराबरको सेयर खरिद भएको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.