काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज शीर्ष १० ब्रोकरहरुमा पाँचबाट उच्च खरिद भएको छ भने पाँचवटैबाट उच्च बिक्री भएको छ ।
आज सेयर प्रो सेक्युरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ४८ करोड ३८ लाखको खरिद भएको छ भने ७० करोड ६५ लाखको बिक्री भएको छ ।
दोस्रो स्थानमा नासा सेक्यूरिटिजबाट २९ करोड ६३ लाखको खरिद भएको छ भने ४८ करोडको बिक्री भएको छ ।
तेस्रो स्थानमा रहेको हातेमालो फाइनान्सिङबाट ३० करोड ४२ लाखको खरिद भएको छ भने २५ करोड ६१ बिक्री भएको छ ।
चौंथो स्थानमा रहेको अनलाइन सेक्यूरिटिजबाट २५ करोड १५ लाखको खरिद भएको छ भने २७ करोड ७१ लाखको बिक्री भएको छ ।
पाँचौ स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट २७ करोड ५८ लाखको खरिद भएको छ भने १९ करोड ४१ लाखको बिक्री भएको छ ।
छैठौं स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट २२ करोड ६६ लाखको खरिद भएको छ भने २१ करोड ३७ लाखको बिक्री भएको छ ।
सातौं स्थानमा रहेको सनी सेक्यूरिटिजबाट २२ करोडको खरिद हुँदा १८ करोड ५९ लाखको बिक्री भएको छ ।
आठौ स्थानमा रहेको डाइनामिक सेक्यूरिटिजबाट १७ करोडको खरिद हुँदा २१ करोड ९८ लाखको बिक्री भएको छ ।
नवौं स्थानमा रहेको आर्यतारा सेक्यूरिटिजबाट २१ करोड १८ लाखको खरिद भएको छ भने १७ करोड ७६ लाखको बिक्री भएको छ ।
दशौं स्थानमा रहेको दीपशिखा धितोपत्रबाट १४ करोड ३३ लाखको खरिद भएको छ भने १७ करोड १७ लाखको बिक्री भएको छ ।