काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा ९ अर्ब २४ करोड रुपैयाँमाथिको कारोबार भएको छ । आज सर्वाधिक सेयर कारोबार हुने टप १० ब्रोकर कम्पनीहरुमा ६ वटाबाट उच्च खरिद भएको छ भने ४ वटाबाट उच्च बिक्री भएको छ ।
उच्च खरिद भएका ब्रोकरहरुमा इम्पेरियल सेक्युुरिटिज, भिजन सेक्युुरिटिज, अनलाइन सेक्युुरिटिज, डायनामिक मनि म्यानेजर्स सेक्युुरिटिज, दिपशिखा धितोपत्र कारोबार र त्रिशक्ति सेक्युुरिटिज पब्लिक रहेका छन् ।
त्यस्तै, आज उच्च बिक्री भएका ब्रोकर कम्पनीहरुमा नासा सेक्युुरिटिज, सनि सेक्युुरिटिज, श्रीहरि सेक्युुरिटिज र आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युुरिटिज रहेका छन् ।
आज सर्वाधिक कारोबार हुने ब्रोरक कम्पनीमा नासा सेक्युुरिटिज रहेको छ । उक्त ब्रोकरबाट एक अर्ब ४ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ४९.७३ प्रतिशत सेयर खरिद भएको छ भने ५०.२७ प्रतिशत सेयर बिक्री भएको छ ।
