काठमाण्डौ । आज दोस्रो बजारमा करिब २० अर्बको सेयर कारोबार भएको छ । आजको कारोबारमा पनि शीर्ष १० ब्रोकरमा ५ वटाबाट उच्च खरिद भएको छ भने ५ वटैबाट बिक्री भएको छ । आज पनि नासा सेक्युरिटिजबाट उच्च बिक्री भएको छ । यो ब्रोकरबाट आज १ अर्ब १३ करोडको खरिद र एक अर्ब ३४ करोडबराबरको बिक्री भएको छ ।
दोस्रो स्थानमा रहेको इम्पेरियल सेक्युरिटिजबाट पनि करिब ८६ करोड ७२ लाखको खरिद र ८६ करोड ७७ लाखको बिक्री भएको छ ।
तेस्रो स्थानमा रहेको भिजन सेक्युरिटिजबाट ७७ करोडको खरिद र ८६ करोडको बिक्री भएको छ ।
चौंथो स्थानमा रहेको अनलाइन सेक्युरिटिजबाट ८६ करोडको खरिद र ७२ करोडको बिक्री भएको छ ।
पाँचौ स्थानमा रहेको सनी सेक्युरिटिजबाट ६९ करोड १ लाखको खरिद र ६८ करोड ४ लाखको बिक्री भएको छ ।
छैठौं स्थानमा रहेको आर्यतारबाट ६८ करोडको खरिद र ६७ करोडको बिक्री भएको छ ।
सातौं स्थानमा रहेको दीपशिखा धितोपत्रबाट ५५ करोडको खरिद र ५६ करोडको बिक्री भएको छ ।
आठौं स्थानमा रहेको लिञ्च सेक्युरिटिजबाट ५४ करोडको खरिद र ५२ करोडको बिक्री भएको छ ।
नवौं स्थानमा रहेको डाइनामिक सेक्यूरिटिजबाट ४८ करोडको खरिद र ४६ करोडको बिक्री भएको छ ।
दशौं स्थानमा रहेको एबीसी सेक्यूरिटिजबाट ५० करोड खरिद र ३८ करोडको बिक्री भएको छ ।