काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा ७ अर्ब १२ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक सेयर कारोबार गर्ने ब्रोकरमा ६ वटाबाट उच्च खरिद भएको छ भने ४ वटाबाट उच्च बिक्री भएको छ ।
उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, सनि सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज, आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज र डायनामिक मनि म्यानेजर्स सेक्युरिटिज रहेका छन् ।
त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा भिजन सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज कम्पनी, अनलाइन सेक्युरिटिज र श्रीहरि सेक्युरिटिज रहेका छन् ।
आज सर्वाधिक सेयर कारोबार गर्ने ब्रोकर कम्पनीमा नासा सेक्युरिटिज रहेको छ । उक्त ब्रोकरबाट ६४ करोड ३१ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ५२.४० प्रतिशत सेयर खरिद भएको छ भने ४७.६० प्रतिशत सेयर बिक्री भएको छ ।
