काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेप्सेमा जम्मा ४ अर्ब ५ करोडको कारोबार भएको छ । आजका शीर्ष १० ब्रोकरहरुमा ५ वटाबाट उच्च खरिद भएको छ भने ५ वटैबाट नै उच्च बिक्री भएको छ ।
आज सर्वाधिक सेयर कारोबार गर्नेमा नासा सेक्यूरिटिज शहीर्ष स्थानमा रहेको छ । नासाबाट आज २१ करोड ५५ लाखको खरिद र १७ करोड ५० लाखको बिक्री भएको छ ।
दोस्रो स्थानमा रहेको भिजन सेक्युरिटिजबाट १८ करोड ७३ लाखको खरिद र १४ करोड ९६ लाखको बिक्री भएको छ ।
तेस्रो स्थानमा रहेको सनी सेक्युरिटिजबाट १७ करोड ४५ लाखको खरिद भएको छ भने १५ करोड ५५ लाखको बिक्री भएको छ ।
चौंथो स्थानमा रहेको ओपल सेक्युरिटिजबाट ५ करोड १२ लाखको खरिद भएको छ भने २४ करोड ३८ लाखको बिक्री भएको छ ।
पाँचौ स्थानमा रहेको इम्पेरियल सेक्युरिटिजबाट १३ करोड ७१ लाखको खरिद भएको छ १४ करोड ५१ लाखको बिक्री भएको छ ।
छैठौं स्थानमा रहेको अनलाइन सेक्युरिटिजबाट १४ करोड ४० लाखको खरिद भएको छ भने १३ करोड ४७ लाखको बिक्री भएको छ ।
सातौं स्थानमा रहेको आर्यतार सेक्युरिटिजबाट १४ करोड ४८ लाखको खरिद भएको छ भने ११ करोड २८ लाखको बिक्री भएको छ ।
आठौ स्थानमा रहेको डाइनामिक सेक्युरिटिजबाट ७ करोड ४८ लाखको खरिद भएको छ १३ करोड ७३ लाखको बिक्री भएको छ ।
नवौं स्थानमा रहेको दीप शिखा धितोपत्रबाट ९ करोड ६२ लाखको खरिद भएको छ भने ९ करोड७९ लाखको बिक्री भएको छ ।
दशौं स्थानमा रहेको श्रीकृष्ण सेक्युरिटिजबाट ८ करोड ११ लाखको खरिद भएको छ भने १० करोड ८८ लाखको बिक्री भएको छ ।