काठमाण्डौ। आज नेप्सेमा उच्च कारोबार हुँदा ७ वटा बोकरबाट उच्च खरिद र ३ वटाबाट उच्च बिक्री भएको छ।
आज नासा सेक्यरिटिजबाट करिब दुई अर्ब १० करोडको खरिद हुँदा करिब १ अर्ब ६० करोडको उच्च बिक्री भएको छ ।
दोसो स्थानमा रहेको इम्पेरियल सेक्युरिटिजबाट १ अर्ब ४० करोडको खरिद हुँदा करिब १ अर्ब २८ करोडको बिक्री भएको छ ।
तेसो स्थानमा रहेको भिजन सेक्युरिटिजबाट १ अर्ब ५ करोडको खरिद भएको छ भने १ अर्ब ५९ करोडको बिक्री गरेको छ ।
चौंथो स्थानमा रहेको सनी सेक्युरिटिजबाट १ अर्ब १२ करोडको खरिद भएको छ भने करिब ९९ करोडको बिक्री भएको छ ।
पाँचौं स्थानमा रहेको अनलाइन सेक्युरिटिजबाट १ अर्र्ब १० करोडको खरिद हुँदा १ अर्बको बिक्री भएको छ ।
छैठौं स्थानमा रहेको आर्यतारा इन्भेष्टमेन्टबाट ९० करोडको खरिद र १ अर्ब ५ करोडको बिक्री गरेको छ ।
सातौं स्थानमा रहेको डाईनामिक मनी म्यानेजर सेक्युरिटिजबाट १ अर्बको खरिद र ८६ करोडको बिक्री भएको छ ।
आठौं स्थानमा रहेको एबीसी सेक्युरिटिजबाट १ अर्ब १ करोडको खरिद र करिव ८३ करोडको बिक्री भएको छ ।
नवौं स्थानमा रहेको दीपशिखा सेक्युरिटिजबाट करिब ८० करोडको खरिद र ७४ करोडको बिक्री भएको छ ।
दशौं स्थानमा रहेको अग्रवाल सेक्युरिटिजबाट ६१ करोडको खरिद र ७५ करोडको बिक्री भएको छ ।