काठमाण्डौ । आज सेयर बजारमा १० अर्बको कारोबार हुँदा ८ वटा ब्रोकरबाट उच्च खरिद भएको छ भने २ वटाबाट मात्रै बिक्री भएको छ ।
आज नासा सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ५८) बाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज १ अर्ब ५ करोडको खरिद र १ अर्बको मात्रै बिक्री भएको छ ।
दोस्रो स्थानमा रहेको इम्पेरियएल सेक्युरिटिजबाट ३६ करोड ६९ लाखको खरिद र ४८ करोडको बिक्री भएको छ ।
तेस्रो स्थानमा रहेको अनलाइन सेक्युरिटिजबाट करिव ३४ करोडको खरिद हुँदा ४० करोडको बिक्री भएको छ ।
चौंथोमा स्थानमा रहेको भिजन सेक्युरिटिजबाट ३९ करोडको खरिद हुँदा ३४ करोडको बिक्री भएको छ ।
पाँचौ स्थानमा रहेको सनी सेक्यूरिटिजबाट ३२ करोड ६५ लाखको खरिद हुँदा ३१ करोड ६५ लाखको मात्रै बिक्री भएको छ ।
छैठौं स्थानमा रहेको आर्यतारा सेक्युरिटिजबाट २९ करोड ८२ लाखको खरिद हुँदा २९ करोड ८४ लाखको बिक्री भएको छ ।
सातौं स्थानमा रहेको लिञ्च सेक्यूरिटिजबाट ३२ करोडको खरिद हुँदा करिब २७ करोडको बिक्री भएको छ ।
आठौं स्थानमा रहेको एबीसी सेक्यूरिटिजबाट २८ करोड ५७ लाखको खरिद हुँदा २५ करोडको बिक्री भएको छ ।
नवौं स्थानमा रहेको भृकुटी स्टकबाट ३० करोडको खरिद हुँदा १६ करोडको बिक्री भएको छ ।
दशौंं स्थानमा रहेको डाइनामिक मनी म्यानेजरबाट २२ करोड ६३ लाखको खरिद हुँदा २२ करोड ७१ लाखको बिक्री भएको छ ।