काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा साढे ४ अर्बको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा एउटा कम्पनीबाट मात्रै उच्च खरिद भएको छ भने ९ वटाबाट उच्च बिक्री भएको छ ।
उच्च खरिद गर्ने ब्रोकर कम्पनीमा आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज रहेको छ । उक्त ब्रोकरबाट आज १६ करोड १६ लाख रुपैयाँमाथिको सेयर कारोबार भएकोमा ५४.८० प्रतिशत सेयर खरिद भएको छ भने ४५.२० प्रतिशत सेयर बिक्री भएको छ ।
त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा नासा सेक्युुरिटिज, दक्षिणकाली इन्भेष्टमेन्ट एण्ड सेक्युुरिटिज, अनलाइन सेक्युुरिटिज, इम्पेरियल सेक्युुरिटिज, सनि सेक्युुरिटिज, त्रिशक्ति सेक्युुरिटिज, भिजन सेक्युुरिटिज, क्यापिटल म्याक्स सेक्युुरिटिज र श्रीहरि सेक्युुरिटिज रहेका छन् ।
आज सर्वाधिक कारोबार गर्ने ब्रोकर कम्पनीमा नासा सेक्युुरिटिज रहेको छ । उक्त ब्रोकरबाट आज ३५ करोड ४७ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ४९.३७ प्रतिशत सेयर खरिद भएको छ भने ५०.६३ प्रतिशत सेयर बिक्री भएको छ ।



प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।