काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा ९ अर्ब रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने शीर्ष १० ब्रोकर कम्पनीमा ४ वटाबाट मात्रै उच्च खरिद भएको छ भने ६ वटाबाट उच्च बिक्री भएको छ ।
उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, सनि सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज पब्लिक लिमिटेड र डायनामिक मनि म्यानेजर्स सेक्युरिटिज रहेका छन् ।
त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा इम्पेरियल सेक्युरिटिज, भिजन सेक्युरिटिज, अनलाइन सेक्युरिटिज, श्रीहरि सेक्युरिटिज, आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज र एबीसी सेक्युरिटिज रहेका छन् ।
आज सर्वाधिक कारोबार गर्ने ब्रोकरमा नासा सेक्युरिटिज रहेको छ । उक्त ब्रोकरबाट मात्रै एक अर्ब २१ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।
