सोमबार, असार २,२०८२ 06:50:21
  • सोमबार, असार २,२०८२ 06:50:21
Global IME Bank Limited

नेपाल बैंकले घटायो ब्याजदर, केही मुद्दति निक्षेपभन्दा बचतको ब्याजदर राम्रो

Hyundai Nepal
नेपाल बैंकले घटायो ब्याजदर, केही मुद्दति निक्षेपभन्दा बचतको ब्याजदर राम्रो
Nabil Bank Limited

काठमाण्डौ । नेपाल बैंक लिमीटेडले निक्षेपको ब्याजदर पुनः घटाएको छ ।  

पुस १ गतेदेखि लागू हुने गरी मंसिरको तुलनामा निक्षेपको ब्याजदर घटाएको हो ।  

नेपाल बैंकमा कुनै व्यक्तिले मुुद्दति निक्षेपमा पैसा राख्दा पाइने रिटर्न घटेर अधिकतम ५.६० प्रतिशतमा सीमित बन्न पुगेको छ । 

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

नयाँ ब्याजदरअनुसार व्यक्तिगततर्फ २ वर्षसम्मको मुद्दति निक्षेपको ब्याजदर ४.२० प्रतिशत, २ देखि ५ वर्ष अवधिका ४.९० प्रतिशत र  ५ वर्षभन्दा माथि अवधिको ब्याजदर ५.६० प्रतिशत तोकिएको छ ।

संस्थागततर्फ २ वर्षे अवधिको मुद्दति निक्षेपको ब्याजदर ३ प्रतिशत, २ वर्षदेखि माथिको अवधिको ब्याजदर ४.७० प्रतिशत तोकिएको छ ।  

बचत खातामा पाइने ब्याजदर अधिकतम ५ प्रतिशतसम्म रहेको छ । यसरी हेर्दा नेपाल बैंकको केही बचत खाताको ब्याजदर मुद्दतिको भन्दा बढेको देखिएको छ । 

मंसिरमा नेपाल बैंकले व्यक्तिगततर्फ २ वर्षे अवधिको ब्याजद ४.५५ प्रतिशत, २ देखि ५ वर्षे अवधिका लागि ५.२५ प्रतिशत र ५ वर्षभन्दा माथि अवधिका लागि ५.९५ प्रतिशत तोकेको थियो । संस्थागततर्फ २ वर्षसम्मको ब्याजदर ३.११ प्रतिशत र २ वर्षभन्दा बढी अवधिको ४.९५ प्रतिशत थियो ।  

मंसिरमा बचत खातामा पाइने अधिकतम ब्याजदर ५.०१ प्रतिशत थियो । रेमिटान्स खाताको अधिकतम ब्याजदर ६.०१ प्रतिशत थियो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.