बिहीबार, चैत्र २१,२०८१ 04:41:44
IME remit
  • बिहीबार, चैत्र २१,२०८१ 04:41:44
IME remit
Global IME Bank Limited

निफ्राले निर्धारण गर्यो नयाँ ब्याजदर, व्यक्तिगत र संस्थागततर्फ कति ?

Hyundai Nepal
निफ्राले निर्धारण गर्यो नयाँ ब्याजदर, व्यक्तिगत र संस्थागततर्फ कति ?
Nabil Bank Limited

काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले माघ १४ गतेदेखि लागू  हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । जसअनुसार बैंकले शुभ पूर्वाधार खाता योजना अन्तर्गतको ५ वर्षदेखि १० वर्षसम्मका लागि व्यक्तिगततर्फ ५.५० प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ ।  

त्यस्तै बैंकले यो अवधिका लागि संस्थागततर्फ ४.५० प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि यो खाता योजनामा ५ वर्ष र त्यो भन्दा माथि अवधिका लागि व्यक्तिगततर्फ ६.५० प्रतिशत र संस्थागततर्फ ५.५० प्रतिशत ब्याजदरको व्यवस्था थियो ।  

Shivam Cement
Bizshala
CG Motors

यस्तै बैंकले १० वर्षभन्दा माथि अवधिका लागि व्यक्तिगत निक्षेपतर्फ ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ । व्यक्तिगततर्फ यो खाता योजनामा न्यूनतम १ करोड रुपैयाँ र संस्थागततर्फ ५ करोड रुपैयाँ निक्षेप राख्नुपर्ने बैंकले जनाएको छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

त्यस्तै बैंकले कर्जाको ब्याजदर पनि निर्धारण गरेको छ । प्रोजेक्ट लोनको ब्याजदर आधारदरमा ४ प्रतिशतसम्म जोडर प्रदान गर्ने बैंकले जनाएको छ । पुसमा बैंकको आधारदर ७.०९ प्रतिशत कायम थियो । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.