सोमबार, बैशाख ७,२०८३ 09:08:23
Bizshala
  • सोमबार, बैशाख ७,२०८३ 09:08:23
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

एनआईशी एशिया बैंकले कात्तिकका लागि पनि घटायो मुद्दती निक्षेपको ब्याजदर

Bizshala
एनआईशी एशिया बैंकले कात्तिकका लागि पनि घटायो मुद्दती निक्षेपको ब्याजदर
Shivam Cement

काठमाण्डौ । एनआईसी एशिया बैंकले कात्तिक महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । जसअनुसार बैंकले व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर घटाएको छ ।  

बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ६.९९ प्रतिशत कायम गरेको छ । असोज महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.१८ प्रतिशत ब्याजदर दिएको थियो ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

बैंकले कात्तिक महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ३ महिना अवधिका लागि ३.५० प्रतिशत ३ महिनादेखि १ वर्ष तलका लागि ४ प्रतिशत,१ वर्षका लागि ४.१५ प्रतिशत,१ वर्षदेखि २ वर्षसम्मका लागि ४.१५ प्रतिशत,२ वर्षमाथि देखि ५ वर्षसम्मका लागि ४.७५ प्रतिशत र ५ भन्दा माथिका लागि ६.९९ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ ।  

त्यस्तै बैंकले संस्थागत मुद्दती निक्षेपको ब्याजदर पनि घटाएको छ । असोज महिनामा संस्थागत निक्षेपकर्तालाई अधिकतम ६.१८ प्रतिशत ब्याजदर प्रदान गरेको बैंकले कात्तिक महिनाका लागि भने अधिकतम ५.९९ प्रतिशत प्रदान गर्ने भएको छ ।  

CG Motors
Garima Development Bank
IME remit

बैंकले संस्थागत मुद्दती निक्षेपको ६ महिनादेखि २ वर्षसम्मका लागि ३ प्रतिशत, २ वर्ष माथिदेखि ५ वर्षसम्मका लागि ३.५० प्रतिशत र ५ वर्षभन्दा माथिका लागि ५.९९ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ ।  

बैंकले असोज महिनाका लागि पनि ब्याजदर घटाएको थियो । 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.