ज्योति विकास बैंकका कर्मचारीमाथि भएको आक्रमणको NIC Asia Bank कर्मचारी संघद्वारा घोर निन्दा, दोषीमाथि तत्काल कारबाहीको माग
काठमाण्डौ । ज्योति विकास बैंक लिमिटेडका कर्मचारीहरू आधिकारिक कर्तव्यअनुसार कर्जा असुली कार्यमा खटिएको समयमा सार्वजनिक स्थलमै अमानवीय, अपमानजनक र गैरकानुनी व्यवहारको सिकार बनेको घटनाप्रति एनआई सी एशिया बैंक कर्मचारी संघले कडा आपत्ति जनाएको छ। संघले यस घटनालाई कायरतापूर्ण आक्रमणको संज्ञा दिँदै गम्भीर ध्यानाकर्षण गराएको हो।

