आईतवार, फाल्गुन ३,२०८२ 10:47:35
Bizshala
  • आईतवार, फाल्गुन ३,२०८२ 10:47:35
Bizshala
Global IME Bank Limited

एनआईसी एशियाको नयाँ सीईओ बने सुजित शाक्य

एनआईसी एशियाको नयाँ सीईओ बने सुजित शाक्य
Shivam Cement

काठमाण्डौ । युवा बैंकर सुजितकुमार शाक्य एनआईसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ) नियुक्त भएका छन् ।  

सोमबार बिहान बसेको बैंक सञ्चालक समितिको बैठकले शाक्यलाई ४ वर्षे कार्यकालका लागि सीईओ नियुक्त गरेको हो । 

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

तत्कालीन सीईओ रोशनकुमार न्यौपानेले राजीनामा दिएपछि बैंक कामू सीईओ सन्तोषकुमार राठीको भरमा चलिरहेको थियो । कर्मचारीहरुले बैंकभित्रबाटै सीईओ नियुक्त गर्नुपर्ने आवाज उठाए पनि सञ्चालक समितिले भने ३० वर्ष लामो बैंकिंग अनुभव सँगालेका शाक्यलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।  

शाक्य हाल नवील बैंकको वरिष्ठ डेपुटी सीईओ छन् । उनले नवील बैंकमा कामू सीईओको जिम्मेवारी समेत सम्हालिसकेका छन् । शाक्यले सोमबार नै नवील बैंकको वरिष्ठ डेपुटी सीईओबाट राजीनामा दिएका छन् । उनको राजीनामा स्वीकृत भएलगत्तै उनले एनआईसी एशिया बैंकको कमाण्ड सम्हाल्ने बताए । 

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

नवील जानुअघि उनी ग्लोबल आईएमई बैंकमा थिए । उनी जनता बैंकको समेत डीसीईओको रुपमा काम गरेका थिए । जनता ग्लोबलमा मर्ज भएपछि उनी पनि ग्लोबल पुगेका थिए । जनता बैंक जानुअघि उनले सिभिल बैंकमा पनि काम गरेका थिए ।  

कुनै समय तत्कालीन एशिया बैंकबाटै स्वेच्छिक अवकाश योजना रोजेर विदा भएका शाक्यक त्यसको केही वर्षपछि एनआईसी एशिया बैंकको सीईओ बन्न सफल भएका हुन् ।  

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.