मंगलवार, आश्विन १३,२०८३ 06:28:22
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 06:28:22
Bizshala
Global IME Bank Limited

एनआईसी एशिया बैंकको खुद नाफा ५२.३०% ले घट्यो, कस्तो छ अन्य सूचकको अवस्था ?

Bizshala
एनआईसी एशिया बैंकको खुद नाफा ५२.३०% ले घट्यो, कस्तो छ अन्य सूचकको अवस्था ?
New Office

काठमाण्डो एनआईसी एशिया बैंक लिमिटेडको खुद नाफामा ५२.३० प्रतिशतको गिरावट आएको छ । बैंकले आज सार्वजनिक गरेको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा यस्तो देखिएको हो । बैंकले समीक्षा अवधिसम्म १ अर्ब ९१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।  

समीक्षा अवधिसम्म बैंकले ८ अर्ब १८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको सोहि अवधिको तुलनामा ९.९५ प्रतिशतले कम हो । अघिल्लो आवको सोहि अवधिसम्म बैंकले ९ अर्ब ९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । बैंकको खुद सञ्चालन आम्दानी ८ अर्ब १५ करोड रुपैयाँ छ । बैंकले इम्पेयरमेन्ट चार्जका लागि २ अर्ब १४ करोड रुपैयाँ छुटुटाएको छ । कर्मचारीको लागि २ अर्ब ८१ करोड रुपैयाँ खर्च गरेको बैंकको अन्य सञ्चालन खर्च १ अर्ब १२ करोड रुपैयाँ रहेको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

बैंकको रिटेन्ड अर्निङ १ अर्ब ७२ करोड रुपैयाँले ऋणात्मक रहँदा रिजर्भको आकार १७ अर्ब ४५ करोड रुपैयाँबराबर छ । रिजर्भको आकार गत आवको सोहि अवधिकाु तुलनामा २२.१६ प्रतिशतले बढी हो ।  

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी(ईपीएस)१७.२९ रुपैयाँ,प्रतिसेयर नेटवर्थ २०५.४७ रुपैयाँ,मूल्य आम्दानी अनुपात २२.८५ गुणा,र कुल सम्पत्तिमा प्रतिफल ०.६८ प्रतिशत रहेको छ । 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.