सोमबार, असार २,२०८२ 02:19:47
  • सोमबार, असार २,२०८२ 02:19:47
Global IME Bank Limited

एनआईसी एशिया बैंकको खुद नाफा ५२.३०% ले घट्यो, कस्तो छ अन्य सूचकको अवस्था ?

Hyundai Nepal
एनआईसी एशिया बैंकको खुद नाफा ५२.३०% ले घट्यो, कस्तो छ अन्य सूचकको अवस्था ?
Nabil Bank Limited

काठमाण्डो एनआईसी एशिया बैंक लिमिटेडको खुद नाफामा ५२.३० प्रतिशतको गिरावट आएको छ । बैंकले आज सार्वजनिक गरेको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा यस्तो देखिएको हो । बैंकले समीक्षा अवधिसम्म १ अर्ब ९१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।  

समीक्षा अवधिसम्म बैंकले ८ अर्ब १८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको सोहि अवधिको तुलनामा ९.९५ प्रतिशतले कम हो । अघिल्लो आवको सोहि अवधिसम्म बैंकले ९ अर्ब ९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । बैंकको खुद सञ्चालन आम्दानी ८ अर्ब १५ करोड रुपैयाँ छ । बैंकले इम्पेयरमेन्ट चार्जका लागि २ अर्ब १४ करोड रुपैयाँ छुटुटाएको छ । कर्मचारीको लागि २ अर्ब ८१ करोड रुपैयाँ खर्च गरेको बैंकको अन्य सञ्चालन खर्च १ अर्ब १२ करोड रुपैयाँ रहेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बैंकको रिटेन्ड अर्निङ १ अर्ब ७२ करोड रुपैयाँले ऋणात्मक रहँदा रिजर्भको आकार १७ अर्ब ४५ करोड रुपैयाँबराबर छ । रिजर्भको आकार गत आवको सोहि अवधिकाु तुलनामा २२.१६ प्रतिशतले बढी हो ।  

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी(ईपीएस)१७.२९ रुपैयाँ,प्रतिसेयर नेटवर्थ २०५.४७ रुपैयाँ,मूल्य आम्दानी अनुपात २२.८५ गुणा,र कुल सम्पत्तिमा प्रतिफल ०.६८ प्रतिशत रहेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.