सोमबार, असार २,२०८२ 04:11:21
  • सोमबार, असार २,२०८२ 04:11:21
Global IME Bank Limited

एनआईशी एशिया बैंकले मुद्दती निक्षेपको ब्याजदर घटायो, कुनमा कति पाइन्छ ?

Hyundai Nepal
एनआईशी एशिया बैंकले मुद्दती निक्षेपको ब्याजदर घटायो, कुनमा कति पाइन्छ ?
Nabil Bank Limited

काठमाण्डौ । एनआईसी एशिया बैंकले वैशाख महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ७.७५० प्रतिशत कायम गरेको छ । जुन चैत महिनामा प्रदान गरिएको अधिकतम ब्याजदरको तुलनामा ९.३३ प्रतिशतले कम हो । बैंकले चैत महिनामा व्यक्तिगत निक्षेपतर्फ अधिकतम ८.५४८ प्रतिशत ब्याजदर दिएको थियो ।  

बैंकले वैशाख महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ३ महिना अवधिका लागि ७ प्रतिशत,३ महिनादेखि १२ महिनाका लागि ७.१० प्रतिशत,१२ महिनाका लागि ७.७५० प्रतिशत,१२ देखि १८ महिनासम्मका लागि पनि ७.७५० प्रतिशत र १८ महिनादेखि १८० महिनासम्मका लागि पनि ७.७५० प्रतिशत ब्याजदर प्रदान गर्नेछ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

त्यस्तै बैंकले संस्थागत मुद्दती निक्षेपको ब्याजदर पनि घटाएको छ । चैत महिनामा संस्थागत निक्षेपकर्तालाई अधिकतम ७.५४८ प्रतिशत ब्याजदर प्रदान गरेको बैंकले वैशाख महिनाका लागि भने अधिकतम ६.७०० प्रतिशत प्रदान गर्ने भएको छ ।  

बैंकले संस्थागत मुद्दती निक्षेपको ६ महिनादेखि १२ महिनासम्मका लागि ६.३५० प्रतिशत र १२  महिना वा १२ महिनादेखि १८० महिनासम्मका लागि ६.७०० प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.