सोमबार, असार २,२०८२ 03:23:10
  • सोमबार, असार २,२०८२ 03:23:11
Global IME Bank Limited

खातावालाहरुलाई स्थायी लेखा नम्बर अद्यावधिक गर्न एनआईसी एशिया बैंकको आह्वान

Hyundai Nepal
खातावालाहरुलाई स्थायी लेखा नम्बर अद्यावधिक गर्न एनआईसी एशिया बैंकको आह्वान
Nabil Bank Limited

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले खातावालाहलाई खातामा उल्लेखित स्थायी लेखा नम्बर(प्यान)अद्यावधिक गर्न आह्वान गरेको छ । बैंकले एक सूचना जारी गर्दै बैंकका ग्राहकहरुको खाताबाट गरिएको करकट्टीको विवरण स्थायी लेखा नम्बर प्रणालीमा आवद्ध गुर्नपर्ने भएकाले सम्पूर्ण ग्राहकहरुलाई प्यान नम्बर अद्यावधिक गर्न आह्वान गरेको हो ।  

ग्राहकहरुले बैंकको आधिकारीक वेवसाइट तथा वा मोबाइल बैंकिङ एपमा रहेको प्यान अपडेटमा ट्याब गरी आफ्नो स्थायी लेखा नम्बर अद्यावधिक गर्न सक्ने बैंकले जनाएको छ ।  

बैंकबाट निक्षेपकर्ताको ब्याज भुक्तानी वापत काटिएको करलाई ‘ई–टीडीएस’रेकर्डमा जनाउनका लागि प्यान अत्यावश्यक रहेको बैंकले उल्लेख गरेको छ । प्यान नम्बर अद्यावधि भएपश्चात ग्राहकहरुको कर कट्टीको विवरण सो नम्बरबाट प्रविष्ट हुने हुँदा आयकरको प्रणालीले स्वचालित रुपमा अनुसूची १० मा करकट्टीको विवरण मिलान गर्ने बैंकले जनाएको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यसले ग्राहकहरुलाई करकट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुने तथा प्रमाणपत्र लिन बैंकसम्म धाउनु नपर्ने बैंकले जनाएको छ ।  

यस्तै प्यान अद्यावधिक नगराएका कारणले ई–टीडीएसमा ब्याजकर दाखिला नभएको अवस्थामा र त्यस उपरान्त ब्याजकरमा थप समायोजन गर्नुपरेको अवस्थामा बैंक जिम्मेवार नहुने बैंकले जनाएको छ ।     

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.