मंगलवार, आश्विन १३,२०८३ 08:51:55
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 08:51:55
Bizshala
Global IME Bank Limited

एनआईसी एशिया बैंकले राख्यो सूर्योदय वोमी र सीआईटीको १.२५ लाख कित्ता सेयर लिलामीमा,न्यूनतम मूल्य कति ?

Bizshala
एनआईसी एशिया बैंकले राख्यो सूर्योदय वोमी र सीआईटीको १.२५ लाख कित्ता सेयर लिलामीमा,न्यूनतम मूल्य कति ?
New Office

काठमाण्डौ । एनआईसी एसिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको सूर्योदय वोमी लघुवित्त र नागरिक लगानी कोष(सीआईटी)को संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा राखेको छ ।  

बैंकले सूर्योदय वोमी लघुवित्तको ७५ हजार ३०५ कित्ता र सीआईटीको ५० हजार कित्ता गरी कुल १ लाख २५ हजार ३०५ कित्ता सेयर लिलामीमा राखेको हो ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

इच्छुक लगानीकर्ताले आगामी फागुन १४ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ। सूर्योदय वोमी लघुवित्तको न्यूनतम मूल्य २४५ रुपैयाँ र सीआईटीको ७४० रुपैयाँ निर्धारण गरेको छ ।  

बोलपत्र पेस गर्दा लगानीकर्ताले आफूले लिन चाहेको सेयर संख्या, प्रतिकित्ता दररेट अंक र अक्षरमा स्पष्टसँग लेख्नुपर्छ। सूर्योदय वोमी लघुवित्तको सेयर खरिदका लागि बोलपत्र पेस गर्दा न्यूनतम ५ हजार कित्तादेखि अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ।

त्यस्तै सीआईटीको सेयर खरिदका लागि न्यूनतम १० हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ ।  

सेयर बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल लिमिटेड रहेको छ। बोलपत्र आवेदन काठमाण्डौको बबरमहलस्थित एनआईसी एसिया क्यापिटलको कार्यालय वा थापाथलीस्थित एनआईसी एसिया बैंकको कर्पोरेट कार्यालयसँगै विराटनगर, वीरगन्ज, महेन्द्रनगर,पोखरा, बुटवल, धनगढी, सुर्खेत र कमलादी शाखा कार्यालयमा बुझाउन सकिनेछ। 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.