आईतवार, फाल्गुन ३,२०८२ 04:22:02
Bizshala
  • आईतवार, फाल्गुन ३,२०८२ 04:22:02
Bizshala
Global IME Bank Limited

इटहरी शाखामा बैंक कर्मचारीमाथि अभद्र व्यवहार, एनआईसी एशिया बैंकको गम्भीर आपत्ति

इटहरी शाखामा बैंक कर्मचारीमाथि अभद्र व्यवहार, एनआईसी एशिया बैंकको गम्भीर आपत्ति
Shivam Cement

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले इटहरी शाखामा बैंक कर्मचारीमाथि भएको अभद्र व्यवहार र अराजक गतिविधिप्रति गम्भीर आपत्ति जनाएको छ। बैंकका अनुसार योजनाबद्ध मनसायसहित शाखा कार्यालयमा प्रवेश गरी कर्मचारीमाथि गालीगलौज गर्नुका साथै अवाञ्छित गतिविधि गरिएको घटनाले समग्र बैंकिङ क्षेत्रको सुरक्षामै प्रश्न उठाएको छ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

बैंकले जारी गरेको विज्ञप्तिमा बैंकजस्तो संवेदनशील र अत्यावश्यक सेवा प्रवाह हुने संस्थाभित्र यस प्रकारका गैरकानूनी र उच्छृङ्खल गतिविधि कुनै पनि हालतमा स्वीकार्य नहुने स्पष्ट गरिएको छ। कार्यालयभित्र हुलहुज्जत, होहल्ला, आगजनीको आशय देखिने गतिविधि तथा पेट्रोलजस्ता अत्यन्तै ज्वलनशील पदार्थ प्रयोग गर्ने प्रयासले कर्मचारी मात्र होइन, सेवाग्राही र सम्पूर्ण बैंकिङ प्रणालीलाई नै जोखिममा पारेको बैंकको ठहर छ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

यस्ता घटनाले बैंकिङ क्षेत्रले मुलुकको आर्थिक विकासमा गर्दै आएको योगदानलाई समेत नकारात्मक असर पार्ने र कार्यस्थलमा असुरक्षाको वातावरण सिर्जना हुने बैंकले जनाएको छ। घटनापछि कर्मचारीहरूले गम्भीर असुरक्षा महसुस गरिरहेको अवस्थालाई समेत बैंकले चिन्ताको विषय बनाएको छ।

एनआईसी एशिया बैंकले उक्त घटनामा संलग्न व्यक्तिहरूको सम्बन्धित निकायबाट निष्पक्ष छानबिन गरी प्रचलित कानूनबमोजिम कडा कारबाही गर्न माग गरेको छ। साथै, बैंक तथा बैंकमा कार्यरत कर्मचारीहरूको शान्तिसुरक्षा सुनिश्चित गर्न सम्बन्धित सबै निकायसँग बैंकले आग्रह गरेको छ।

बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी जयन्द्र रावलले कुनै पनि बहानामा कर्मचारीमाथि हुने यस्ता अभद्र र हिंसात्मक व्यवहार सह्य नहुने स्पष्ट पारेका छन्।

Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.