शनिबार, फाल्गुन १०,२०८१ 10:17:56
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 10:17:56
IME remit
Global IME Bank Limited

एनआईसीको सेयरमूल्य बढे केही सातामै रु. ५६६ सम्म पुग्नसक्ने, घटे कतिमा झर्ला ? प्राविधिक रुपमा यस्तो देखियो

Hyundai Nepal
एनआईसीको सेयरमूल्य बढे केही सातामै रु. ५६६ सम्म पुग्नसक्ने, घटे कतिमा झर्ला ? प्राविधिक रुपमा यस्तो देखियो
Nabil Bank Limited

काठमाण्डौ । पछिल्लो समय दोस्रो बजारमा निकै चर्चामा रहेको एनआईसी एसिया बैंकको सेयरमूल्यको विषयमा सर्वत्र चासो देखिन्छ । साताको पहिलो कारोबार दिन आइतबार यो बैंकको दोश्रो बजार मूल्यमा दोहोरो अंकको बढोत्तरी भयो । कतिपयले यसलाई अब कम्पनीको मूल्य लयमा फर्किएको रुपमा पनि हेरेका छन् ।  

पछिल्लो समय अधिकांश बैंक तथा वित्तीय संस्थाहरु कर्जा असूली नभएर सकसमा छन् । उनीहरुको मुख्य ध्यान नै नयाँ विजिनेश बिस्तारभन्दा पुराना र बिग्रिएका कर्जाको रिकभरिमा केन्द्रीत । एनआईसी एशिया समेत केही महिनादेखि यही सकस भोग्ने बैंकमा पर्छ । 

Shivam Cement
CG Motors
Sagarmatha Cement

निकै छोटो समयमा लोभलाग्दो पोर्टफोलियो बनाएको बैंकमाथि विभिन्न समूह र तप्काबाट खराब कर्जा लुकाएको, कर्जाको एभरग्रिनिङ गरेको, राष्ट्रबैंकको नियमभन्दा बढी रियल स्टेट कर्जा दिएको, धेरै फाइल बिग्रिएर संकटमा परेका जस्ता आरोपहरु आए । बैंकले आफूमाथि आएका आरोपहरुको समयमै खण्डन गर्न सकेन । जसका कारण पछिल्लो समय दुर्गा प्रसाई र अराजक समूहहरुले बैंकविरुद्ध नियोजित अभियान नै चलाए । जसको असर यो बैंकका सेयरहोल्डरको मनोविज्ञानमा पर्यो । बैंक साच्चिकै डूब्नै लागेको हो कि भन्ने भाष्य निर्माण भएपछि केही दिन लगानीकर्ताले बैंकको सेयर फाल्ने अभियान नै चलाए ।  

एकातिर सेयर सस्तोमै सल्टाउने दोश्रो बजारमा अभियान चल्यो भने बैंकका शाखाहरुबाट निक्षेप निकाल्ने क्रम पनि अन्य बेलाको तुलनामा बढेर गयो । यसले बैंकलाई अप्ठ्यारो पार्यो । निक्षेप नै निकाल्न थालेपछि यसको असर पुनः सेयरमूल्यमै पर्नु स्वभाविक नै थियो ।  

यी र यावत समस्याहरुका बीच साताको पहिलो कारोबार दिन आइतबार(हिजो) बैंकको मूल्य बढेको छ । २२५ कम्पनीको मूल्य घट्दा एनआईसी एशिया लगायत २५ कम्पनीको मात्र मूल्य बढेको छ । १९ वाणिज्य बैंकमध्ये २ को मात्र मूल्य बढेको छ । एनआईसी एशियाको ती दुईमध्ये पनि सबैभन्दा बढी मूल्य बढेको छ । बैंकका अधिकारीहरुले बजार निकै ठूलो अंकले घटेको बेला आफ्नो कम्पनीको सेयरमूल्य बढ्नुलाई अफवाहहरु निस्तेज हुँदै गरेको प्रमाणको रुपमा पेश गरेका छन् । तर, कतिपयले चाहिँ म्याचिङ गरेर आइतबार मूल्य बढाइएको भन्दै मंगलबार, बुधबार र बिहीबारको बजारलाई हेरेर मात्र निश्कर्षमा पुग्नुपर्ने बताइरहेका छन् ।  

त्यसो त यो बैंकको सेयरमूल्य दोस्रो बजारमा एकै बर्षमा करिव ५० प्रतिशतले गिरावट आएर ४४४ मा अन्तिम कारोबार भएको छ । यही अवस्थामा आज हामीले एनआइसी एसिया बैंकको आधारभूत तथा प्राविधिक पक्षको विश्लेषण गरेका छौं ।  

यस आर्थिक वर्षको दोस्रो त्रैमासिक प्रतिबेदन अनुसार कम्पनीको चुक्तापूँजी १४ अर्ब ९१ करोड रुपैयाँ रहेको छ । कम्पनीको रिटेन अनिङ ५९ करोड २२ लाख ६७ हजार रुपैयाँ ऋणात्मक रहेको छ । कम्पनीको जगेडाकोष १६  करोड २७ लाख रुपैयाँ रहेको छ । यस हिसाबले कम्पनीको कूल पूँजी ३१ अर्ब ३८ करोड रुपैयाँ रहेको छ । कम्पनीको खूद मूनाफा १ अर्ब ९०  करोड रुपैयाँ रहेको छ । यो भनेको समीक्षा अवधिमा अघिल्लो आर्थिक बर्षको सोही अवधिको तुलनामा करिब ४२ प्रतिशतले कम हो ।  

कम्पनीको प्रति सेयर आम्दानी  २५.५२ रुपैयाँ रहेको छ । यो भनेको अघिल्लो आर्थिक बर्षको तुलनामा ५५ प्रतिशतले कम हो । कम्पनीको बुक भ्यालु २०५ रुपैयाँ रहेको छ भने रिटर्न अन इक्विटी १२.४४ प्रतिशत रहेको छ । कम्पनीको रिर्टन अन इक्विटी केही घट्दो क्रममा रहेको छ भने वितरणयोग्य मूनाफा ५९ करोड २२ लाख रुपैयाँ ऋणात्मक रहेको छ । कम्पनीको खराव कर्जा १.१९ प्रतिशत रहेको छ ।  

तर दोश्रो त्रैमासको वित्तीय विवरणमा मुख्य सूचकहरुमा गिरावट व्यहोर्ने बैंक एनआईसी एशिया मात्र छैन । अधिकांश वाणिज्य बैंकका मुख्य सूचकहरुमा पहिरो गएको अवस्था छ ।  

समग्र बैंकिङ उद्योगको औसतलाई केलाएर हेर्ने हो भने एनआईसी एशियाका मुख्य सूचकहरु राम्रै देखिन्छन् ।  

कुल कर्जा, कुल निक्षेप, वासलातको आकार, कुल बचत तथा चल्तीको निक्षेप, प्रतिसेयर सेयर आम्दानी, प्रतिसेयर नेटवर्थ, स्वःपूँजीमा प्रतिफल, निस्क्रिय कर्जा अनुपात, ग्राहक संख्या, शाखा संख्या, विस्तारित काउन्टर संख्या, एटीएम संख्या, डेबिट कार्ड प्रयोगकर्ता, मोवाइल बैंकिंग प्रयोगकर्ता, तरलता अनुपात, कर्जा निक्षेप अनुपात लगायतमा एनआईसी एशिया बैंक अरुभन्दा अगाडि छ । 

टेबल हेर्नुहोस्:

 

प्राविधिक पक्ष 

फियर एण्ड ग्रिड मिटरको आधारमा  

फियर एण्ड ग्रिड मिटरको आधारमा यो कम्पनीको सेयरभाउ हाल बियरिस सेन्टिमेन्टमा चलेको देखिन्छ । यो भनेको यस कम्पनीको सेयरमा बिक्री दवाब परेको छ भन्ने हो । कम्पनीको ५२ साताको उच्चमूल्य ८२२ रुपैयाँ रहेको छ भने न्यून मूल्य ४३३ रुपैयाँ रहेको छ ।  

इलिअट वेभमा विभिन्न डिग्रीहरु हुने गर्छन् । त्यस्ता डिग्रीहरुले सानाठूला गरेर  एकदिनदेखि एकसय बर्षसम्मको समय अबधिलाई प्रतिनिधित्व गर्छन् । इलिअट वेभमा मूल्य माथि जान पाँच फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन् ।  

माथि लाग्ने पाँच वेभमा पनि तीनवटा बढोत्तरीका र २ वटा सुधारका देख्न सकिन्छ । यसमा १, ३, ५ बढोत्तरीको हुन्छ भने २ र ४ मा करेक्सनको हुन्छ । वेभ ५ को करेक्सन वेभ ए हो । वेभ ए, बी, सीले मूल्य तथा सूचक तल जाने संकेत दिन्छ ।

यो कम्पनीको सेयरभाउलाई करिब ४ वर्षदेखिको चक्रलाई हेर्दा इन्टर मिडिएटको वेभ १ मा १६० रुपैयाँदेखि ४२१ रुपैयाँ, वेभ २ मा करेक्सन भएर ३०६  रुपैयाँसम्म, वेभ ३ मा बढोत्तरीका साथ ७९० रुपैयाँ पुगेको देखिन्छ । वेभ ४ मा करेक्सनका साथ ६७५ रुपैयाँ र वेभ ५ मा ८२२ रपैयाँ सम्म पुगेर करेक्सन भएको देखिन्छ । हाल एबीसीको करेक्सन भएर यो कम्पनीको सेयर भाउ ४४४ रुपैयाँसम्म आएको छ ।  

(माथि मूख्य तस्विरमा)  

बोलिङ्गर, म्याक्डी र आरएसआई

बोलिङ्गर ब्याण्डमार्फत यो कम्पनीलाई नियाल्दा हाल तल्लो ब्यान्डमा इन्भर्टेड ह्याम्मर बनाएर सपोर्ट लिन थालको देखिन्छ । म्याक्डीमार्फत नियाल्दा केही समय पहिले बनेको बियरिस क्रसओभर हालसम्म पनि भ्यालिड नै रहेको छ । हिस्टोग्राम नेगेटिभ र लामा–लामा नै रहेका छन् । आरएसआई ओभरसोल्ड जोन ३० नजिक रहेको छ । समग्रमा तीनवटै इण्डिकेटरबाट हेर्दा कम्पनीको सेयरभाउ तल्लो विन्दुमा रहेको देखिन्छ ।

बजारमा सेयरको भाउ निकै तल्लो विन्दुमा रहेको कारण माग सिर्जना हुनसक्ने देखिन्छ ।  

पिभट् विश्लेषण  

पिभट विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ –५६६

प्रतिरोध २ –५४५

प्रतिरोध १– ५१०

पिभट प्वाइन्ट: ४९९

घटेमा सपोर्ट  

सपोर्ट १– ४५४

सपोर्ट २– ४३३

प्रतिरोध ३ –३९८

निश्कर्ष

आधारभूत रुपमा यो कम्पनीको वित्तीय अवस्था अघिल्लो वर्षको तुलनामा खसेको देखिन्छ । कम्पनीको वित्तरणयोग्य मूनाफा ऋिणात्मक रहेको छ । खूद मूनाफा पनि अघिल्लो आर्थिक बर्षको तुलनामा खस्केको छ । तर समग्र बैंकिङको औसतभन्दा यसका सबै मुख्य सूचकहरु अब्बल देखिन्छन् । त्यसकारण एनआईसी एशियाको सेयरमूल्य हल्लै हल्लाको भरमा घटेको प्रष्ट देखिन्छ । मूल्य घट्दा खरीद गर्ने अवसर पनि हुन्छ । एनआईसी एशियाका मुख्य सूचकहरुलाई हेर्दा यसको सेयर बेचेर सुरक्षित साइडमा बसिहाल्नुपर्ने वा निक्षेपको रुपमा राखेको पैसा निकालिहाल्नुपर्ने कुनै कारण देखिन्न ।  

प्राविधिक रुपमा यो कम्पनीको सेयरको मूल्यले बनाएको चक्रलाई नियाल्दा एकै वर्षमा करिव ५० प्रतिशतले भाउ घटेको छ । गएका ४ वर्षमा इलिअट वेभको एउटा चक्र पूरा गरेर हाल एबीसी चक्र चलेको देखिन्छ । जसअन्तर्गत सेयरको भाउ ४४४ सम्म आएको छ ।  

कम्पनीको सेयरभाउलाई पिभटमार्फत हेर्दा पहिलो सपोर्ट भत्काइसकेको छ । त्यस पछिको दोस्रो सपोर्ट ४३३ रुपैयाँ र तेस्रो सपोर्ट ३९८ सम्म हुनसक्ने देखिन्छ । यस आधारमा यो कम्पनीको सेयरभाउ अधिक करेक्सन नै आइहाल्यो भने पनि पिभट प्वाइन्टको तेस्रो सपोर्टसम्म आउनसक्छ ।  

(नोट: सेयरबजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कुनै पनि कारोबारका लागि सिफारिस भने होइन।)

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.