काठमाण्डौ । एनआईसी एशिया बैंकले ऋणीका लागि ब्याज छुटको योजना ल्याएको छ । देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकहरुमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पुर्याउने उदेश्यले २०८० पौष मसान्तमा प्रचलित नियमनकारी व्यवस्थाअनुसार निष्क्रिय कर्जाको रुपमा वर्गीकरण भएका कर्जाहरुको हकमा ब्याज छुटको योजना ल्याएको हो ।
सम्वन्धित ऋणीले २०८० चैत्र मसान्तसम्मको ब्याज तथा किस्ता रकम पूर्ण रुपमा चुक्ता भुक्तान गर्नुको साथै सम्पूर्ण कर्जा रकम नै २०८० चैत्र मसान्तभित्र पूर्ण रुपमाचुक्ताभुक्तान गरेमा २०८० चैत्र मसान्तसम्मलाग्ने जरिवानातथाहर्जाना रकममा शत प्रतिशत छुट र ब्याज रकममा समेत संलग्न तालिकामा उल्लेख भएको योजनाबमोजिम छुट प्रदान गर्ने योजना ल्याएको छ ।
क्र.सं. कर्जाको वर्गीकरण छुट
१ कमसल १० प्रतिशत
२ शंकास्पद १५ प्रतिशत
३ खराब २० प्रतिशत
मासिक तथा त्रय मासिक किस्ताबन्दीमा भुक्तानी हुने वाचा पुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि प्रकारका कर्जाहरूमा आर्थिक शिथिलताका कारणले मर्कामा परेका ऋणीले यस योजनामा सहभागीभई लाभ लिन सक्ने बैंकले जनाएको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                