काठमाण्डौ । एनआईसी एसिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोष(सीआईटी)को संस्थापक सेयर लिलामी मार्फत बिक्रीमा राखेको छ ।
बैंकले आजदेखि सीआईटीको ५० हजार कित्ता सेयर लिलामीमा राखेको हो ।
इच्छुक लगानीकर्ताले आगामी चैत १३ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ। उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ७५३ रुपैयाँ निर्धारण गरिएको छ ।
बोलपत्र पेस गर्दा लगानीकर्ताले आफूले लिन चाहेको सेयर संख्या, प्रतिकित्ता दररेट अंक र अक्षरमा स्पष्टसँग लेख्नुपर्छ। सूर्योदय वोमी लघुवित्तको सेयर खरिदका लागि बोलपत्र पेस गर्दा न्यूनतम ५ हजार कित्तादेखि अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ।
सेयर बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल लिमिटेड रहेको छ। बोलपत्र आवेदन काठमाण्डौको बबरमहलस्थित एनआईसी एसिया क्यापिटलको कार्यालय वा थापाथलीस्थित एनआईसी एसिया बैंकको कर्पोरेट कार्यालयसँगै विराटनगर, वीरगन्ज, महेन्द्रनगर,पोखरा, बुटवल, धनगढी र सुर्खेत शाखा कार्यालयमा बुझाउन सकिनेछ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                