काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडको शाखा कार्यालय स्थानान्तरण हुने भएको छ । बैंकको सर्लाही जिल्लामा रहेको हरिपूर्वा शाखा कार्यालय स्थानान्तरण हुन लागेको हो ।
हरिपूर्वा नगरपालिका वडा न. ५ हरिपूर्वा बजार चोकमा सञ्चालनमा रहेको उक्त शाखा साविकको भवनको सडक पारी ५० मिटर पूर्वतर्फ नयाँ भवनमा स्थानान्तरण हुन लागेको हो ।
नयाँ शाखा कार्यालयबाट वैशाख १६ गतेदेखि सेवा सुचारु हुने बैंकले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।