काठमाण्डो । एनआईसी एशिया बैंक लिमिटेडको खुद नाफामा ९२.०३ प्रतिशतको गिरावट आएको छ । बैंकले आज सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा यस्तो देखिएको हो । बैंकले समीक्षा अवधिसम्म १५ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
अघिल्लो आवको सोही अवधिसम्म भने बैंकले १ अर्ब ९ण् करोड रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिसम्म बैंकले ५ अर्ब १८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको सोहि अवधिको तुलनामा ६.३९ प्रतिशतले कम हो । अघिल्लो आवको सोहि अवधिसम्म बैंकले ५ अर्ब ५४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । बैंकको खुद सञ्चालन आम्दानी ३ अर्ब ६९ करोड रुपैयाँ छ । बैंकले इम्पेयरमेन्ट चार्जका लागि २ अर्ब १४ करोड रुपैयाँ छुटुटाएको छ । कर्मचारीको लागि २ अर्ब ३५ करोड रुपैयाँ खर्च गरेको बैंकको अन्य सञ्चालन खर्च ९४ करोड ९८ लाख रुपैयाँ रहेको छ ।
बैंकको रिटेन्ड अर्निङ २ अर्ब ६५ करोड रुपैयाँले ऋणात्मक रहँदा रिजर्भको आकार १७ अर्ब ४१ करोड रुपैयाँले धनात्मक रहेको छ ।
समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी(ईपीएस)२.०४ रुपैयाँ,प्रतिसेयर नेटवर्थ १९८.९२ रुपैयाँ,मूल्य आम्दानी अनुपात १८५.११ गुणा,र कुल सम्पत्तिमा प्रतिफल ०.०८ प्रतिशत रहेको छ ।