बिहीबार, आश्विन १,२०८३ 06:25:22
Bizshala
  • बिहीबार, आश्विन १,२०८३ 06:25:22
Bizshala
Global IME Bank Limited

एनआईसी एशिया बैंकद्वारा चार सामुदायिक विद्यालयलाई कम्प्युटर तथा शैक्षिक उपकरण सहयोग

एनआईसी एशिया बैंकद्वारा चार सामुदायिक विद्यालयलाई कम्प्युटर तथा शैक्षिक उपकरण सहयोग
New Office

काठमाडौं। एनआईसी एशिया बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत चार जिल्लाका सामुदायिक विद्यालयलाई ल्यापटप, डेस्कटप कम्प्युटर तथा प्रोजेक्टर प्रदान गरेको छ।

बैंकले सिरहा, बर्दिया, सुनसरी र मोरङका चार विद्यालयमा अध्ययनरत दुई हजार २९१ भन्दा बढी विद्यार्थीको पठनपाठनलाई प्रविधिमैत्री बनाउन कुल पाँचवटा ल्यापटप, आठवटा डेस्कटप कम्प्युटर र एउटा प्रोजेक्टर उपलब्ध गराएको हो।

Shivam Cement
Bizshala
CG Motors

बैंकले सिरहाको धनगढीमाई नगरपालिका–९, चैनपुरस्थित श्री महावीर माध्यमिक विद्यालयलाई एउटा डेस्कटप कम्प्युटर र एउटा प्रोजेक्टर हस्तान्तरण गरेको छ। उक्त विद्यालयमा हाल ६७२ भन्दा बढी विद्यार्थी अध्ययनरत छन्। भदौ ३१ गते आयोजित कार्यक्रममा बैंकका लहान सर्कल प्रमुख लेखराज पौडेल र लहान शाखा प्रमुख राजेश्वर साहले विद्यालयका प्रधानाध्यापक रामकुमार ठाकुरलाई उपकरण हस्तान्तरण गरेका हुन्।

त्यस्तै, बर्दियाको ठाकुरबाबा नगरपालिका–२, कर्मलास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयलाई एउटा ल्यापटप र दुईवटा डेस्कटप कम्प्युटर प्रदान गरिएको छ। २९३ भन्दा बढी विद्यार्थी अध्ययनरत उक्त विद्यालयका प्रधानाध्यापक कलमबहादुर शाहीलाई बैंकका मगरागढी शाखा प्रमुख महेन्द्रबहादुर शाहीले उपकरण हस्तान्तरण गरेका थिए।

बैंकले सुनसरीको इटहरी उपमहानगरपालिका–१९, जब्दीस्थित श्री पञ्चायत रजतजयन्ती आधारभूत विद्यालयलाई दुईवटा ल्यापटप र तीनवटा डेस्कटप कम्प्युटर उपलब्ध गराएको छ। १६९ भन्दा बढी विद्यार्थी अध्ययनरत विद्यालयका प्रधानाध्यापक गोपीकृष्ण दंगाललाई बैंकका इटहरी सर्कल प्रमुख विशाल घिमिरे र तरहरा शाखा प्रमुख सन्देश भण्डारीले संयुक्त रूपमा उपकरण हस्तान्तरण गरेका हुन्।

Muktinath Bikas Bank Limited

यसैगरी, मोरङको सुनवर्षी नगरपालिका–२, अमरदहस्थित श्री वीरेन्द्र सार्वजनिक विद्यालयलाई दुईवटा ल्यापटप र दुईवटा डेस्कटप कम्प्युटर प्रदान गरिएको छ। एक हजार १५७ भन्दा बढी विद्यार्थी अध्ययनरत उक्त विद्यालयमा भदौ ३० गते आयोजित कार्यक्रममा बैंकका दमक सर्कल प्रमुख भूपेन्द्र पौडेलले प्रधानाध्यापक धनबहादुर बस्नेतलाई उपकरण हस्तान्तरण गरेका थिए।

बैंकले उपलब्ध गराएका विद्युतीय उपकरणबाट विद्यालयको पठनपाठन सहज हुनुका साथै विद्यार्थीलाई प्रविधिमा आधारित सिकाइसँग जोड्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। सामुदायिक विद्यालयमा डिजिटल पूर्वाधारको अभाव रहँदै आएको अवस्थामा यस्तो सहयोगले गुणस्तरीय र प्रविधिमैत्री शैक्षिक वातावरण निर्माणमा टेवा पुग्ने बैंकले जनाएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.