काठमाण्डौ । लक्ष्मी सनराइज बैंकले कात्तिक महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर घटाएको छ । बैंकले कात्तिक महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ ।
असोज महिनाका लागि भने बैंकले व्यक्तिगततर्फ ६।.० प्रतिशत र संस्थागततर्फ ५.५० प्रतिशत ब्याजदर दिएको थियो ।
कात्तिक महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ बैंकले ३ महिनादेखि ६ महिना तलका लागि ४.५० प्रतिशत,६ महिनादेखि १ वर्ष मुनिका लागि ५ प्रतिशत,१ वर्षदेखि २ वर्ष मुनिका लागि ५.५० प्रतिशत र २ वर्ष वा सो भन्दा माथिका लागि ६ प्रतिशत ब्याजदर दिने निर्णय गरेको छ ।
यस्तै संस्थागतर्फ ,६ महिनादेखि १ वर्ष मुनिका लागि ४ प्रतिशत,१ वर्षदेखि २ वर्ष मुनिका लागि ४.५० प्रतिशत र २ वर्ष वा सो भन्दा माथिका लागि ५ प्रतिशत ब्याजदर दिने छ ।